पाकिस्तानद्वारा नेपाल २-१ ले पराजित

१८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको यू-२३ टोलि पाकिस्तानको यू-२३ टोलिसँग २-१ ले पराजित भएको छ।

इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

पाकिस्तानका लागि खेलको ५४ औं मिनेटमा बिलाल मुहम्मदले गोल गरेर बराबरी बनाएका थिए । ७२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सद्दाम हुसैनले विजयी गोल गरे ।

पहिलो हाफमा पाकिस्तानलाई दबावमा राखेको नेपालले दोस्रो हाफमा सामान्य गल्ती गर्दा पराजित हुनुपर्‍यो।

आईतबार नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेनन् ।

यसअघि पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको थियो।

पाकिस्तानसँगको हारपछि समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।

Next Post

यू-१८ साफ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु, खेल तालिका सार्वजनिक

Sun Aug 19 , 2018
भुटानमा आगामी सेप्टेम्वर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालले तयारी सुरु गरेको छ। मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले उक्त प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रशिक्षणमा उनलाई प्रकाश वैद्य र अस्मिता खवासले साथ दिनेछन्। दवस्रो चरणमा ३० खेलाडी छनोट गर्ने र […]
Nepali Version