महिला लिगमा एपिएफ र रौतहट विजयी

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

राजधानीमा जारी उप राष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बिभागिय एपिएफ क्लवले काठमाण्डौलाई १०-० को फराकीलो गोल अन्तरले हराएको हो।

एपिएफको जितमा खेलको दोस्रो २० औ र ३० औ मिनटमा गोल गर्दै अनिता केसिले ह्याट्रिक पुरा गरीन भने स्ट्राईकर साबित्रा भण्डारीले खेलको ३२,५९,६१ औ मिनटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन र ८४,८५ औ मिनटमा पुर्ण गोल गर्दै व्यत्तिगत ५ गोल गरेकी थिइन। त्यष्तै अनिता बष्नेत र अनु लामाले समान एक एक गोल गरेका थिए। लिगमा काठमाण्डौको यो लगातार दोस्रो हार हो भने एपिएफको यो पहिलो खेलमा पहिलो जित हो।

खेलको वुमन अफ दि म्याच बिजयी टिमका अनिता केसि भइन्।

त्यस्तै आज भएको अर्को खेलमा रौतहट द्वारा नेपाल पुलिस क्लब १-० ले पराजित भएको छ। खेलमा १२ औ मिनेटमा अश्मिता बैध्यले गरेको गोल नै निर्णायक गोल भयो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चलिरहेको प्रतियोगितामा बिभागिय ३ टोलि सहित ५ टोलीको सहभागिता रहेको छ। रौतहट र काठमाण्डौ जिल्ला राष्ट्रिय महिला फुटबल प्रतियोगिताबाट विजेता हुदै लिग का लागी छनोट भएका हुन्। यो प्रतियोगिता लाई महिला साफ च्याम्पियनसिपका लागी खेलाडी छनोटको रूपमा हेरीएको छ। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगिता आगामी १५ गते सम्म चल्नेछ प्रतियोगिताका सबै खेलहरू सातदोवाटो स्थित एन्फा कम्पलेसमा हुनेछ।

प्रतियोगिता विजेता टोलिले नगद रू २ लाख दोस्रो हुने टोलिले नगद रू १ लाख र तेस्रो हुने टोलिले नगद रू ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ। प्रतियोगितको सर्वोत्कृष्ट महिला खेलाडीले नगद रू २५ हजार प्राप्त गर्नेछ भने बिधागत तर्फ उत्कृष्ट डिफेन्स , मिडफिल्डर , गोलकिपर ,फर्वाड र कोचले जनही १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ।

One thought on “महिला लिगमा एपिएफ र रौतहट विजयी

Comments are closed.

Next Post

श्री नारायण जन्तालाई एन्फा कप अन्तर विद्यायलय छात्र राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि

Wed Jul 25 , 2018
सबिन सेर्मा, झापा (खेलकुद नेपाल) : सर्लाहीमा आज सम्पन्न एन्फा कप अन्तर विद्यायलय छात्र राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि श्री नारायण जन्ता मा.वि लाई आज भएको फाईनल खेलमा ज्ञान ज्योती आर्दश वोडिङ्ग विद्यालयलाई ट्रराईवेकरमा ४-३ गोल अन्तरले हराउदै श्री नारायण जनता मा.वि. ले उपाधि चुमेको हो। निर्धारीत ९० मिनटको खेलमा दुवै […]
Nepali Version