आर्मी र रौतहटको विजय सुरुवात

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

राजधानीमा आजबाट सुरू उप राष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा बिभागिय त्रिभुवन आर्मी क्लवले विजयी सुरूवात गरेको छ। आर्मीले अर्को बिभागिय टोलि नेपाल पुलिस क्लवलाई १-० गोल अन्तरले हराएको हो।

आर्मी का लागी खेलको ८२ औ मिनेट मा फर्वाड सर्मिला मगरले गरेको गोलनै जितका लागी प्रयाप्त बन्यो। खेलको वुमन अफ दि म्याच विजयी टिमका सर्मिला मगर भइन।

सोमबार नै भएको अर्को खेलमा रौतहटद्वारा र काठमाण्डौ ४-० ले पराजित भएको छ। रौतहटको लागि रश्मि कुमारी घिसिङ्गले ५०औ, ५६ औ र ५९ औ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेकी थिइन्। मनिषा राउतले ६८ औ मिनेटमा १ गोल गरेकी थिइन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बिभागिय ३ टोलि सहित ५ टोलीको सहभागिता रहेको छ।

रौतहट र काठमाण्डौ जिल्ला राष्ट्रिय महिला फुटबल प्रतियोगिताबाट विजेता हुदै लिगका लागी छनोट भएका हुन्। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगिता आगामी १५ गते सम्म चल्ने छ। प्रतियोगिताका सबै खेलहरू सातदोवाटो स्थित एन्फा कम्पलेसमा हुनेछ।

प्रतियोगिता विजेता टोलिले नगद रू २ लाख दोस्रो हुने टोलिले नगद रू १ लाख र तेस्रो हुने टोलिले नगद रू ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ। प्रतियोगितको सर्वोत्कृष्ट महिला खेलाडीले नगद रू २५ हजार प्राप्त गर्नेछ भने बिधागत तर्फ उत्कृष्ट डिफेन्स, मिडफिल्डर, गोलकिपर ,फर्वाड र कोचले जनही १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ। लिगमा सहभागी सबै टिमलाई एन्फाले जनही ५० हजार उपलब्द्द गराएको एन्फाले जनाएको छ। प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परीषदका सदष्य केशव कुमार बिष्ट ले गरेका थिए।

3 thoughts on “आर्मी र रौतहटको विजय सुरुवात

  1. Pingback: m88mi

Comments are closed.

Next Post

बार्सिलोनाले माल्कमलाई ३६.५ मिलियन पाउण्डमा भित्रायो

Wed Jul 25 , 2018
स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कमलाई अनुबन्ध गरेको छ। रोमाले पछ्याइरहेको माल्कमलाई बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा बार्सिलोना भित्राएको हो। २१ वर्षे विङ्गर आबद्ध गर्नका लागि रोमाले प्रकृया अघि बढाएको थियो। तर उनलाई बार्सिलोनाले पाँच वर्षका लागि सम्झौता गरेको छ। सोमबारमात्रै रोमाले माल्कमको अनुबन्ध प्रकृया पूरा हुन मेडिकल र […]
Nepali Version