त्रिभुवन आर्मी तेस्रो ललित स्मृति फुटबलको क्वार्टरफाइनलमा

त्रिभुवन आर्मी क्लव तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता पराजित न्यूरोड टिम (एनआरटी) र मछिन्द्र क्लव भने प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ए बाट लगातार तेस्रो जित निकालेको आर्मी ९ अंकसहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा सरस्वतिलाई हराएको आर्मीले दोस्रो खेलमा लुम्बिनी एफसीलाई पराजित गरेको थियो । मंगलबार भएको खेलमा आर्मीले एनआरटीलाई ४–२ गोलअन्तरले हरायो ।

आर्मीका लागि सुसान लामा र विवेक चौधरीले २–२ गोल गरे ।

पाँच टोली सम्मिलित समूह एमा चार खेलबाट एक जितका साथ मात्र ३ अंक जोडेको एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबारै भएको खेलमा समूह ए का मछिन्द्र र लुम्बिनीले १–१ गोलको बराबरी खेले । बराबरीसँगै मछिन्द्र पनि प्रतियोगिताबाट बाहिरियो । यी टोलीले अंक बाँडेपछि मछिन्द्रको १ अंक भएको छ । यसअघिका दुई खेलमा पराजित भएको मछिन्द्रले अब समूहको अन्तिम खेल आर्मीसँग खेल्नेछ ।

यता ३ खेलमा ४ अंक जोडेको लुम्बिनीले समूहको अन्तिम खेलमा सरस्वती क्लवसँग खेल्नेछ । सरस्वतिको ३ खेलबाट ६ अंक छ । लुम्बिनी र सरस्वति क्लवबीच हुने खेलको विजेता समूह ए बाट क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

One thought on “त्रिभुवन आर्मी तेस्रो ललित स्मृति फुटबलको क्वार्टरफाइनलमा

  1. Pingback: weight loss

Comments are closed.

Next Post

नर बहादुर कार्की स्मृति कप फुटसल : योङ्ग स्टार र जी.फ.सी को विजय सुरुवात

Wed Jun 20 , 2018
प्रथम स्व. जमदार नर बहादुर कार्की स्मृति कप फुटसल प्रतियोगिता २०७५ आज बाट सुरु भएको छ। गैडाकोट फुटबल क्लबको आयोज़नामा संचालित सो प्रतियोगिताको उद्घाटन खेलमा योङ्ग स्टारद्वारा ऑल स्टार ३-० ले पराजित भएको छ। त्यस्तै दोश्रो खेल मा जी.फ .सी क्लबद्वारा जी ९ क्लब ४-२ ले पराजित भएको छ। प्रतियोगिता […]
Nepali Version