फर्डिनान्ड – ‘रोनाल्डो त्यसै शिखरमा पुगेका होइनन्’

फुटबल पण्डित रियो फर्डिनान्डले आफ्ना पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन्। सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोसँगै खेलेका फर्डिनान्डले रोनाल्डोको प्रशंसामा आफ्ना शब्द खर्चेका छन्।

Rio Ferdinand has waxed lyrical about his former Man United team-mate Cristiano Ronaldo

वर्ल्ड क्लास प्रोफेसनल खेलाडी भन्न रोनाल्डोले आफूलाई कतिसम्म समर्पित गरेका थिए भन्ने कुरा फर्डिनान्डले खुलासा गरेका छन्। ‘मैले देखेकामध्ये रोनाल्डो पहिलो खेलाडी हुन् जसले निजी न्युट्रिसनिस्ट, डाक्टर, फिजियो तथा सेफ राखेका थिए’, फर्डिनान्ड भन्छन् । ‘उनीहरु रोनाल्डोको घरमा आइरहन्थे । रोनाल्डो मभन्दा केही पर मात्रै बस्थे ।’ रोनाल्डोको घरमा कुनै उत्सव नै चलिरहेको जस्तो देखिने पनि फर्डिनान्डले बताएका छन्।

The pundit revealed how much Ronaldo dedicated himself to being a world-class professional

फर्डिनान्ड भन्छन्, ‘रोनाल्डोले आफूलाई विश्वकै उत्कृष्ट बनाउन ठूलो लगानी गरेका छन् । म्यानचेस्टर युनाइटेड छोड्दा पनि उनी उत्कृष्ट लयमै रहेका थिए ।’

It took Ronaldo just four minutes to open scoring against Spain on Friday night at World Cup

९ वर्षअघि म्यानचेस्टर युनाइटेड छोडेका रोनाल्डोले पाँच पटक बलोन डि ओर अवार्ड जितेका छन् । शुक्रबार रातिको खेलमा स्पेनविरुद्ध रोनाल्डोले ह्याट्रिक नै गरे । उनले खेल सुरु भएको चौथो मिनेटमै पेनाल्टीमाफर्त पहिलो गोल गरेका थिए।

योसँगै रोनाल्डोले आफूले खेलेका चार वटै विश्वकपमा गोल गरेका छन्। उनी चार वटा विश्वकपमा गोल गर्ने सीमित खेलाडीको सूचीमा सामेल भएका छन्। यसअघि पेले, मिरोस्लाभ क्लोस, उवे सीलरले मात्रै चार वटा विश्वकपमा गोल गरेका छन् । विश्वकपमा पेलेले १२, सीलरले १४ र क्लोसले १६ गोल गरेका छन् । रोनाल्डोले भने यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा एक–एक गोल मात्रै गरेका छन् ।

रोनाल्डोले क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुर्‍याएका छन् । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ।

क्रिस्टियानो रोनाल्डोमा रहेको मानसिकताका कारण नै उनी सफल भएको बताउँदै फर्डिनान्ड भन्छन्, ‘मानसिकता नै रोनाल्डोको मुख्य हतियार हो । १०–१२ वर्षसम्म आफ्नो लयलाई कायम राख्नु, पाँच पटक बलोन डि ओर अवार्ड जित्नु यो सबै त्यसैको देन हो।’

फर्डिनान्ड भन्छन्, ‘यसका लागि तपाईमा सशक्त मानसिकताको आवश्यक पर्दछ। तपाईँमा डिटरमिनेसन चाहिन्छ । त्यसैले त उनलाई अलग बनाएको छ । त्यसैले त उनलाई विशेष बनाएको छ ।’

Next Post

विश्वकप फुटबल : फ्रान्सको विजयी शुरुवात

Sat Jun 16 , 2018
विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुवात गरेको छ। शनिवार भएको समुह ‘सी’ को खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले पराजित गरेको हो । फ्रान्सलाई जिताउन एण्टेनियो ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे। ८० औ मिनेटसम्म १-१ को बराबरीमा रहेको खेलमा पोग्बाले गरेको गोल नै निर्णायक भयो। खेलको ५८ औ मिनेटमा फ्रान्सका लागि […]
Nepali Version