जुनताराद्वारा सतासिधाम २-१ ले पराजित

सबिन लिम्बु (सेर्मा) झापा :

झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्थरीय महिला फुटबल प्रत्योगितामा आज भएको अन्तिम क्वाटर फाईनल खेलमा जुनतारा महिला फुटबल क्लव खुद्नावारीले सतासिधाम स्पोटिङ्ग क्लव झिलझिलेलाई २-१ गोल अन्तरले हराउदै जुनतारा महिला एफसी सेमिफाईनलमा प्रवेश गरेको छ।

अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा अग्रता भने सतासिधाम स्पोटिङ्ग क्लवले पहिलो हाफको ३४ औ मिनटमा स्ट्राइकर अनिता राईको गोल मार्फत लिएको थियो। तर त्यो अग्रता धेरैवेर टिक्न सकेन दोस्रो हाफमा सुधारीएको खेल खेल्दै जुनतारा महिला क्लबले दोस्रो हाफको ९ मिनटमा मनिषा बिष्टले बराबरी गोल फर्काए। त्यष्तै खेल सकिन ५ मिनट बाकी छदा जुनतारा का कुसुम खतिवडाले गोल गरेपछि सतासिधाम पहिलो चरणबाटै बाहिरहेको छ।

आजको खेलको वमन अफ दि म्याच विजयी टिमका मनिषा बिष्ट भइन उनले नगद रू १ हजार र ५ लिटर बाबा तेल प्राप्त गरिन।

प्रत्योगितामा भोलिबाट सेमिफाईनलका खेलहरू सुरू हूनेछ। भोलिको पहिलो सेमिफाईनल खेलमा आयोजक सनसाइन महिला फुटबल क्लव ज्यामिरगणी र झापा युवा परीवार क्लव बिच प्रतिष्पर्धा हुनेछ।

Next Post

आईपीएल : सनराइजर्स हैदराबादलाई २ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनलमा

Wed May 23 , 2018
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०१८ को पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई २ विकेटको रोमाञ्चक जित हात पार्दै चेन्नई सुपर किंग्स फाइनलमा पुगेको छ। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा हैदरावादले दिएको १४० रनको लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईले खेलेका ९ संस्करणमध्ये फाइनल पुगेको यो सातौँ पटक हो। सन् […]
Nepali Version