मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्री स्टार मदन भण्डारी गोल्डकप विजेता

मनाङ मर्स्याङ्दी क्लबलाई पराजीत गर्दै थ्रीस्टार क्लबले बुटवलमा सम्पन्न सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चिर प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई २–१ ले पराजीत गर्दै थ्रीस्टार बिजयी बनेको हो ।

खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारले वर्षको चौथो उपाधि जितेको हो।

मनाङले खेलको दोस्रो मिनेटमै विमल रानाको गोलमा अग्रता लिएको थियो। सुजल श्रेष्ठको पासमा विमलले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

पहिलो हाफसम्मा १-०ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा केही आक्रमक खेल्यो। अनन्त तामाङले खेलको ६९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलको ८२औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिनले गोल गरेपछि थ्री स्टार विजयी बनेको थियो।

२४ घन्टामा अर्को खेल खेल्न नसक्ने भन्दै आएको थ्री स्टार आयोजकले माफी मागेपछि फाइनल खेल्न तयार पाएको थियो। अघिल्लो दिन मात्र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई १–० ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको थियो।

यो वर्ष मनाङविरुद्धका खेलेका चारै खेलमा थ्रीस्टार विजयी भएको छ । पछिल्लो पटक चैत १ गते यी दुई टोलीले तिलोत्तमा गोल्ड कपको सेमिफाइनल खेलेका थिए ।

फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टारले तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले मदन भण्डारी इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो। थ्री स्टारले इटहरीमा मनाङलाई नै हराएको थियो ।

फागुन १७ मा चितवनको टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि मनाङ थ्री स्टारसँग पराजित भएको थियो। मनाङले यो सिजन जेसिज कप र दुहवी गोल्ड कपको उपाधिसमेत जितेको थियो।

लामो समयपछि घरेलु प्रतियोगितामा फर्किएको थ्री स्टारले उपाधिसँगै १५ लाख नगद र दोस्रो भएको मनाङले ७ लाख ५० हजार रूपैयाँ प्राप्त गरेका थिए।

14 thoughts on “मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्री स्टार मदन भण्डारी गोल्डकप विजेता

  1. Pingback: 안전바카라

Comments are closed.

Next Post

६ हजार १ सय ३८ करोडमा भारतीय क्रिकेटको प्रसारण अधिकार स्टार इन्डियाले किन्यो

Thu Apr 5 , 2018
भारतीय क्रिकेट टिमको विश्वव्यापी प्रसारण अधिकार स्टार इन्डियाले ६ हजार १ सय ३८ करोड रुपैयाँमा किनेको छ। स्टार इन्डियाले सन् २०२३ सम्मका लागि भारतीय टिमको प्रसारण अधिकार लिएको हो। मंगलबार दिउँसो दुई बजेबाट सुरु भएको बोलकबोलमा त्यस दिन सबैभन्दा बढी ४ हजार ४ सय ४२ करोडको दाम लागेको थियो। त्यस्तै […]
Nepali Version