रमपम झापा गोल्डकप : आयोजक टोली झापा ११ सेमिफाइनलमा प्रवेश

बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक टोली रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ। भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ ले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको १६ औं मिनेटमा सिक्किम युनाइटेडका मायल डोक लेप्चाले पहिलो गोल गरेका थिए।

खेलको २४ ‌औं मिनेटमै झापाका विश्वास श्रेष्ठको क्रसमा खमिर गिल्सन कन्दङवाले शानदार गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। पहिलो हाफको अन्त्यतिर झापाका विश्वास श्रेष्ठको क्रसलाई सिक्किमका जिग्मे दोर्जी भुटियाले टच गर्दा आत्मघाती गोल हुन पुग्यो। पहिलो हाफसम्ममा झापा २-१ ले अगाडि रह्यो।

बुधबारको खेलको म्यान अफ् द म्याच झापा ११ का विश्वास श्रेष्ठ घोषित भए। उनले रु २५ हजार प्राप्त गरेका छन्।

बिहीबार अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा हुनेछ।

7 thoughts on “रमपम झापा गोल्डकप : आयोजक टोली झापा ११ सेमिफाइनलमा प्रवेश

  1. Pingback: link vao w88
  2. Pingback: Temporärbüro
  3. Pingback: 카지노사이트
  4. Pingback: 카지노사이트
  5. Pingback: kampala
  6. Its like you read my mind! You appear to know so much about this, like you wrote
    the book in it or something. I think that you can do with some pics to drive the message home a little bit, but
    instead of that, this is great blog. A great read.
    I’ll definitely be back.

Leave a Reply

Your email address will not be published.

Next Post

विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले दोस्रो खेल आज स्कटल्याण्डसँग खेल्दै

Thu Mar 8 , 2018
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल आज (बिहीबार) स्कटल्याण्डसँग खेल्दैछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप […]
Nepali Version