सुदूरपश्चिम-११ स्पोर्टस क्लवले सुदूरपश्चिम महिला खप्तड गोल्डकप फुटबल प्रत्योगिता आयोजना गर्ने

सबिन सेर्मा / झापा :

नेपाल आइस सुदूरपश्चिम दोस्रो खप्तड गोल्डकप फुटबल प्रत्योगिता हालै सम्पन्न भएको धनगढीमा फेरी अर्को ठुलो प्रत्योगिता हुने भएको छ।

सुदूरपश्चिम-११ स्पोर्टस क्लव धनगढीले सुदूरपश्चिम महिला खप्तड गोल्डकप फुटबल प्रत्योगिता आयोजना गर्ने घोषणा गरेको छ। मंगलबार धनगढीमा पत्रकार सम्मेलन मार्फत प्रत्योगिता बारे जानकारी गराईएको हो। प्रत्योगितामा मुलुक बाहिरको दुई टिम गरी आठ टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लवका बरीष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिए। उनले प्रत्योगिता हुने मिति छिट्टै सार्वजनिक गर्ने बताए।

प्रत्योगिताको विजेता टिमले नगद रू ५ लाख र उपविजेता टिमले नगद रू २ लाख ५० हजार पुरूष्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो।

Leave a Reply

Your email address will not be published.

Next Post

मदन भण्डारी स्मृती इटहरी गोल्डकप : आर्मीलाई पराजित गर्दै थ्री स्टार फाइनलमा

Wed Jan 24 , 2018
थ्री स्टार क्लब इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा थ्रि स्टारले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फाइनलमा पुगेको हो। निर्धारित समय र त्यसपछीको १५ मिनेटको अतिरिक्त समयमा पनि दुबै टिमको १–१ गोल मात्र भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको […]
Nepali Version