भारतसँग नेपालको लज्जासपद हार

बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपको दोस्रो खेलमा भारतद्वारा नेपाल १०-० ले पराजित भएको छ। मंगलबार भएको खेलमा भारतद्वारा नेपाल १०-० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो। पहिलो खेलमा आइतबार बंगलादेशद्वारा नेपाल ६-० ले पराजित भएको थियो।

भारत र बंगलादेश लिग राउन्डको एक खेलअघि नै फाइनल पुगेका छन्। आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो। भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भएको थियो।

समान २ खेल जितेका बंगलादेश र भारत फाइनल प्रवेश गर्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन्।

लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेल भारत र बंगलादेशबीच हुनेछ।

6 thoughts on “भारतसँग नेपालको लज्जासपद हार

  1. Pingback: Sivas haber
  2. Pingback: 안전바카라
  3. Pingback: 메이저사이트
  4. Pingback: satta king 2020

Leave a Reply

Your email address will not be published.

Next Post

एभरेष्ट प्रिमियर लिग : विराटनगर वारियर्ससँग ललितपुर प्याट्रिएट्स ६ रनले पराजित

Tue Dec 19 , 2017
एभरेष्ट प्रिमियर लिग अन्तर्गत भएको खेलमा विराटनगर वारियर्सद्वारा ललितपुर प्याट्रिएट्स ६ रनले पराजित भएको छ। विराटनगरले दिएको १५१ रनको लक्ष्य पछ्याएको ललितपुर प्याट्रियोट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। जितका लागि अन्तिम ओभरमा १९ रन चाहिएकोमा ललितपुरले १२ रन मात्रै बनायो। अन्तिम बलमा मेहबुब आलमले […]
Nepali Version