गोलकिपरले गोल गरेपछि बेनेभेन्टोले इटालियन सिरी ‘ए’ मा इतिहासकै पहिलो अंक जोड्यो

गोलकिपर अल्बर्टो ब्रिगलोनीले इन्जुरी टाइममा बराबरी गोल फर्काएपछि बेनेभेन्टोले एसी मिलानसँग बराबरी खेल्दै इटालियन सिरी ‘ए’ मा इतिहासकै पहिलो अंक जोडेको छ।

Alberto Brignoli scored in the 94th minute to earn Benevento their first point of the season

१० खेलाडीमा रहेर खेलको अन्त्य गरेको मिलानसँग बेनेभेन्टोले दुई पटक पछाडी परेर पनि २-२ गोलको बराबरी खेलेको हो।

The Benevento keeper was mobbed by his players after scoring the equaliser in stoppage time

बेनेभेन्टोको घरेलु मैदानमा भएकव खेलमा गियाकोमा बोनाभेन्टुराले ३८ औँ मिनेटमा गोल गर्दै एसी मिलानलाई पहिले अग्रता दिलाएका थिए। ५० औँ मिनेटमा जर्ज पुस्कासले घरेलु टोलीका लागि बराबरी गोल फर्काए। त्यसको ७ मिनेटपछि निकोला कालिनिकले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलायो।

 All the Benevento players, including substitutes, and the staff invaded the pitch to celebrate

तर ७५ औँ मिनेटमा अलेसियो रोमानेगली दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान बाहिरिएपछि मिलान दश खेलाडीमा झर्‍यो। तर ९५औँ मिनेटमा डानिलो काटाल्डीले प्रहार गरेको फ्रिकिकमा गोलकिपर ब्रिगलोनीले डाइभ हेडरमार्फत गोल गरेपछि बेनेभेन्टो अंक खोस्न सफल भयो।

The dramatic equaliser sparked wild celebrations from the Benevento players and staff

7 thoughts on “गोलकिपरले गोल गरेपछि बेनेभेन्टोले इटालियन सिरी ‘ए’ मा इतिहासकै पहिलो अंक जोड्यो

  1. Pingback: www.cbdadverts.com
  2. Pingback: satta king 2020
  3. Pingback: 안전카지노
  4. Pingback: cornhole solutions
  5. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

म्यानचेस्टर सिटीद्वारा वेष्ट ह्याम युनाइटेड २–१ ले पराजित

Mon Dec 4 , 2017
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले कीर्तिमानी १३ औं जित दर्ता गरेको छ। लिग अन्तर्गत आइतबा राति भएको खेलमा म्यानचेस्टर सिटीद्वारा वेष्ट ह्याम युनाइटेड २–१ ले पराजित भएको हो। पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। ४४ औं […]
Nepali Version