सुदूरपश्चिमलाई टाईब्रेकरमा पराजीत गर्दै त्रिभुवन आर्मी काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा

सुदूरपश्चिम–११ लाई टाईब्रेकरमा ३–० गोलले पराजीत गर्दै त्रिभुवन आर्मी आज (आइतबार) मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १–१ को बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औं मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा सुदुरपश्चिमका जीवन चौधरीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

टाइब्रेकरमा भने आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिपक गुरुङले गोल गरेका थिए । सुदुरका खेलाडीहरुले प्रहार गरेको सबै बल पोष्ट बाहिर गएपछि टाइब्रेकरमा आर्मीको जित सहज भएको हो ।

खेलको म्यान म्याच आर्मीका दिनेश हेनजन घोषित भए । उनलाई नगद १० हजार प्रदान गरियो ।

सोमबार आयोजक काँकरभिट्टा फुटबल क्लब र हिमालयन शेर्पा काठमाडौंबीच प्रतिश्पर्धा हुनेछ ।

3 thoughts on “सुदूरपश्चिमलाई टाईब्रेकरमा पराजीत गर्दै त्रिभुवन आर्मी काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा

  1. Pingback: paragnost
  2. Pingback: Singles clubs
  3. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकियो,मेस्सीको गोलले मान्यता पाएन

Mon Nov 27 , 2017
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । आइतबार राति अवे मैदानमा भएको खेलमा लिग लिडर बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो । भ्यालेन्सियाका लागि खेलको ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । १–० ले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले […]
Nepali Version