रूपन्देही ११ द्वारा मोरङ्ग ११ ३-१ ले पराजित

सबिन सेर्मा :

झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आज भएको खेलमा मोफसलको रूपन्देही ११ ले अर्को मोफसलको टोलि मोरङ्ग ११ लाई ३-१ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

खेलमा अग्रता भने मोरङ्ग ११ ले खेलको १५ औ मिनेटमा सुनिल खढ्काको गोलमा लिएको थियो। खढ्काले मनिस थापाको पासमा जालि चुमाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको रूपन्देहीले दोस्रो हाफमा सुधारीएको खेल खेलेका थिए। खेलको ४७ औ मिनेटमा रूपन्देही का लागी अब्बाले बराबरी गोल गरे अब्बाले रूपेस केसिको पासमा गोल गरेका थिए त्यस्तै ७४ औ मिनेटमा अब्बाले व्यत्तिगत दोस्रो र कल्वका लागी पनि दोस्रो गोल गरेका थिए। अब्बाले अमर डंगोलको पासमा गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा बिजय धिमालले अब्बाको पासमा तेस्रो गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच रूपन्देही ११ का अब्बा भए। उनले नगद रू १० हजार प्राप्त गरे। गत २८ गतेबाट सुरू भएको प्रत्योगिताको विजेताले रू ५ लाख र उपविजेताले रू २ लाख ५० हजार पाउनेछ।

प्रत्योगितामा भोलिको खेल एपिएफ कल्व काठमाण्डौ बिरूद्ध त्रिभुवन आर्मी कल्व काठमाण्डौ बिच हुनेछ।

Leave a Reply

Your email address will not be published.

Next Post

यू-१९ एसिया कप क्रिकेट : अफगानिस्तानद्वारा नेपाल ७ विकेटले पराजित

Fri Nov 17 , 2017
यू-१९ एसिया कप क्रिकेट अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा अफगानिस्तानद्वारा नेपाल ७ विकेटले पराजित भएकाे छ। मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १०३ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो। अफगानिस्तानले २०.३ […]
Nepali Version