नेपालले फिलिपिन्ससँग गोल रहित बराबरी खेल्यो, अनिल गुरुङको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

नेपालले एसियन कप २०१९ छनोटमा आज (मंगलबार) फिलिपिन्ससँग गोलरहित बराबरी खेल्दै १/१ अंक बाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलसँगै कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

अन्तिम खेलमा ५० औं क्यापको कोसेढुंगा पूरा गरेका अनिलले १० वर्षअघि विश्वकप छनोटमा ओमानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबल करिअर सुरु गरेका थिए । उनले नौ गोल गरेका छन् ।

खेलको पहिलो हाफमा पाहुना टिम फिलिपिन्स हावी भएको थियो । उसले चार राम्रो अवसर सिर्जना गरेरपनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गर्‍यो । केही आक्रमण पनि गर्‍यो तर गोल गर्न सकेन र छनोटको समूह एफमा जितविहीन एक्लो टिमको रुपमा नेपाल कायमै रहन पुग्यो ।

अन्त्यतिर नवयुग श्रेष्ठ र विमल घर्तीमगरले गोल गर्ने राम्रो अवसर पाएका थिए तर उनीहरुले पोष्टमा बल प्रहार गर्न सकेनन् । अन्जन विष्टले सशक्त रुपमा प्रहार गरेको बलमा फिलिपिनो किपरले राम्रो बचाउ गरे ।

रोहित चन्द, अनन्त तामाङले डिफेन्समा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको संकट टारेका थिए । मिडफिल्डर विशाल राईले पनि अन्त्यतिर खाली पोष्टबाट बल क्लियर गरेका थिए ।

समूह एफमा फिलिपिन्स ९ अंकसहित शीर्षस्थानमा छ । उसले आज जित हात पारेको भए एसियन कप २०१९ मा स्थान पक्का गर्ने थियो । एक—एक खेल कम खेलेका यमन र ताजिकिस्तानको ६—६ अंक छ । समूहका शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् ।

एसियन कपमा छनोट हुने नेपालको संभावना यसअघि नै समाप्त भइसकेको थियो । नेपाल २ अंकसहित पुछारमा छ । नेपालले जेठमा हलचोक मैदानमा भएको खेलमा पनि यमनसँग गोलरहित नतिजा निकालेको थियो । अब नेपालले छनोटको अन्तिम खेलमा मार्चमा दोहामा यमनसँग खेल्नेछ ।

 

http://bit.ly/2zEaDSu

Leave a Reply

Your email address will not be published.

Next Post

नेपाल यू-१९ एसिया कपको सेमिफाइनलमा, अफगानिस्तानसँग शुक्रबार खेल्ने

Tue Nov 14 , 2017
एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो । […]
Nepali Version