ट्युनिसिया विश्वकपमा छनोट, डेनमार्क र आयरल्याण्ड बराबरीमा रोकियो

विश्वकप फुटबलको छनौट अन्तर्गत शनिबार राति युरोपियन क्षेत्रको प्ले–अफमा डेनमार्क र रिपब्लिक अफ आयरल्याण्डले गोलरहित बराबरी खेलका छन् ।

घरेलु मैदानमा भएको पहिलो लेगमा डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । यी दुई बिच आउँदो मंगलबार डब्लिनमा दोस्रो लेगको खेल हुनेछ ।

त्यस्तै अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको ट्युनिसियाले विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । ट्युनिसियाले शनिबार राति भएको खेलमा लिबियासँग गोलरहित बराबरी खेले पनि समूह विजेता बनेर विश्वकपमा स्थान पक्का गरेको हो ।

यो खेलमा ट्युनिसिया पराजित भएको भए कंगो विश्वकपमा छनौट हुने थियो । ट्युनिसियाले योसँगै अहिलेसम्म पाँचपटक विश्वकपमा स्थान बनाएको छ ।

राति नै भएको खेलमा गिनीलाई ३–१ ले हराए पनि कंगो भने एक अंकले पछि पर्दै विश्वकपमा छनौट हुन सकेन ।

अफ्रिकी क्षेत्रबाट समूह ‘ए’ को विजेताको रुपमा ट्युनिसिया, समूह ‘बी’ बाट नाइजेरिया, समूह ‘सी’ बाट मोरक्को, समूह ‘डी’ बाट सेनेगल र समूह ‘इ’ बाट इजिप्टले विश्वकपमा स्थान बनाएका छन् ।

7 thoughts on “ट्युनिसिया विश्वकपमा छनोट, डेनमार्क र आयरल्याण्ड बराबरीमा रोकियो

  1. Pingback: kiu
  2. Pingback: Library

Leave a Reply

Your email address will not be published.

Next Post

अर्जेन्टिनाद्वारा रुस १–० ले पराजित

Sun Nov 12 , 2017
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा अर्जेन्टिनाद्वारा रुस पराजित भएको छ। शनिबार राति भएको खेलमा अर्जेन्टिनाद्वारा रुस १–० ले पराजित भएको हो। मस्कोमा भएको खेलमा भ्रमण टोली अर्जेन्टिनालाई जिताउन खेलको अन्तिम समयमा सर्जिओ अग्युरोले गरेको गोल नै निर्णायक बन्यो। अग्युरोले ८६ औं मिनेटमा टिमका लागि विजयी गोल गरे। […]
Nepali Version