पूर्व र्राष्ट्रिय खेलाडी थापा युइएफए मास्टर्स कोर्षमा सहभागी

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए)ले सञ्चालन गर्ने एक्जुकेटिभ मास्टर्स फर इन्टरनेशनल प्लेअर्स कोर्षका लागि छनोट भएका छन्।

छात्रवृतीमार्फत छनौट भएका थापा यो कोर्षको लागि नेपालबाट मात्र नभई एसियाबाटै छनौट भएका एकमात्र खेलाडी बन्नु भएको छ।

युइएफएले सञ्चालन गर्ने योे कोर्सामा विश्वभरका २५ जना पूर्व अन्तर्राष्ट्रिय खेलाडीले भाग लिनेछन्। थापाले यो कोर्ष पुरा गर्न २७ हजार रुपैयाँ बराबरको छात्रबृती युइएफएबाट पाउनुभएको छ। कोर्स स्वीट्जरल्याण्ड, फ्रान्स, इंगल्याण्ड, स्पेन, नेदरल्याण्ड, जर्मनी र अमेरिकामा सञ्चालन हुनेछ।

कोर्षको लागि आउँदो शुक्रबार स्विजरल्याण्ड जान लागेका थापाले मंगलबार एक कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी युइएफएको कोर्स पाउनु त्यो पनि एसियाबाट एक मात्र खेलाडीको रुपमा सहभागी हुनु आफ्ना लागि गर्वको कुरा भएको बताउनुभयो। युइएफएले पूर्वअन्तराष्ट्र्रिय फुटबलरको लागि तयार पारेको कोर्स २० महिनासम्म चल्ने छ।

7 thoughts on “पूर्व र्राष्ट्रिय खेलाडी थापा युइएफए मास्टर्स कोर्षमा सहभागी

  1. Pingback: google ads agency
  2. Pingback: w88 sport
  3. Pingback: 바카라
  4. Pingback: Replica Purse
  5. Pingback: Landakpoker
  6. Pingback: judi poker online

Leave a Reply

Your email address will not be published.

Next Post

कार्तिक २८ गते बाट मंसिर ७ गते सम्म हुने दोस्रो सताक्षी गोल्डकपको खेल तालिका सार्वजनिक

Wed Nov 8 , 2017
सबिन सेर्मा, झापा : झापाको शिवशताक्षी नगरपालिका झिलझिलेमा शिवशताक्षी नगरपालिकाको संयोजन तथा सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा यहि मिति २०७४ कार्तिक २८ गते बाट मंसिर ७ गते सम्म दोस्रो सताक्षी गोल्डकप हुने भएको छ। प्रत्योगितामा नेपालका ‘ए’ डिभिजन क्लवहरू र भारत १ टिम गरी जम्मा १० टिमको सहभागिता रहनेछ। प्रत्योगिताको विजेताले […]
Nepali Version