पिएसजीको प्रभावशाली जित, लेविन कर्जावाको ह्याट्रिक

च्याम्पियन्स लिग फुटबलको समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित निकालेर अन्तिम १६ मा स्थान पक्का गरेको छ । पिएसजीले घरेलु मैदानमा भएको खेलमा आरएससी एन्डरलेक्टलाई ५–० ले हराएको हो ।

पिएसजीको जितमा मार्को वेराटीले ३० औं मिनेटमा, पहिलो हाफको इन्जुरी समयमा नेइमारले र लेविन कर्जावाले ५२, ७२ र ७८ औं मिनेटमा गोल गरे । कर्जावा च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेका छन् ।

पिएसजीको १२ अंक भएको छ । उसले दुई खेल बाँकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

यस्तै राति नै भएको खेलमा सेल्टिकलाई २–१ ले हराएको जर्मन क्लब बार्यन म्युनिख पनि अन्तिम १६ मा पुगेको छ । बार्यनका लागि किंग्सली कोम्यानले २२ औं तथा जावी मार्टिनेजले ७७ औं मिनेटमा गोल गरे ।

सेल्टिकका लागि ७४ औं मिनेटमा कोलम म्याकग्रेगोरले एक गोल गरे । जितपछि अन्तिम १६ मा स्थान पक्का गरेको बार्यनको चार खेलबाट ९ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

म्यानचेस्टर युनाइटेडसंग बेन्फिका २–० ले पराजित, चेल्सीको हार

Wed Nov 1 , 2017
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति समूह ‘ए’ मा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको छ । युनाइटेडको जितमा डेली ब्लिण्डले गोल गरे । स्वीलरले ४५ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ७८ औं मिनेटमा ब्लिण्डले गोल […]
Nepali Version