एसएफटीका लागि यु-१६ राष्ट्रिय टोली श्रीलंका जाने

एसएफटी दक्षिण एसिया-जापान यु-१६ फुटबल आदान-प्रदान कार्यक्रमका लागि श्रीलंका जाने नेपाली यु-१६ राष्ट्रिय टोलीलाई एन्फाले आज (बुधबार) एन्फा कमप्लेक्समा बिदाई गरेको छ ।

टिममा १८ खेलाडी र ६ जना अफिसिअल्स र टिमको व्यवस्थापक मधुसुदन उपाध्याय छन्। टोली फागुन २६ गते श्रीलंका प्रस्थान गर्नेछ ।

टिमको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका छन्। सनोज श्रेष्ठ र नवीन महर्जन विकास निर्देशक छन् भने टिम म्यानेजरको रुपमा मधुसुधन उपाध्यायलाई तोकिएको छ।

चार टिमको सहभागिता रहने सो कार्यक्रममा नेपालसँगै भुटान, श्रीलंका र जापानको युवा टिमको सहभागिता रहनेछ।

नेपालले भुटानसंग ११ मार्चमा, जापानसंग १२ मार्चमा र श्रीलंकासंग १४ मार्चमा खेल्नेछ। टोली १५ मार्चमा फ़र्किनेछ।

8 thoughts on “एसएफटीका लागि यु-१६ राष्ट्रिय टोली श्रीलंका जाने

  1. Pingback: 토토사이트
  2. Pingback: 안전카지노
  3. Pingback: 카지노사이트
  4. Pingback: satta king
  5. Pingback: Fake watches
  6. Pingback: BandarQQ

Leave a Reply

Your email address will not be published.

Next Post

ए डिभिजन लिगको मिति तय गर्न एएफसी र क्लबहरुबीच छलफल

Wed Mar 8 , 2017
एसियाली फुटबल संघ (एएफसी) का प्रतिनिधिले सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति तय गर्न ‘ए’ डिभिजन क्लबहरुसँग छलफल गरेको छ । नेपालमा ‘ए’ डिभिजन लिग नभएको ३ वर्ष भइसकेको छ। त्यसैले एएफसीले प्रतियोगिता आयोजना गर्न एन्फालाई सहयोग गरिरहेको हो । एन्फा कम्प्लेक्समा आज (बुधबार) पनि एएफसी लिग डेपलपमेन्ट एक्सपर्ट र […]
Nepali Version