हडर्सफिल्ड टाउनद्वारा म्यानचेस्टर युनाइटेड २-१ ले पराजित

इंग्लिस प्रिमियर लिगको यो सिजनमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनसँग पहिलो हार बेहोरेको छ। शनिबार भएको खेलमा हडर्सफिल्ड टाउनद्वारा म्यानचेस्टर युनाइटेड २-१ ले पराजित भएको छ।

Aaron Mooy fired the home side ahead before Laurent Depoitre added a crucial second goal

खेलको २९ औँ मिनेटमा हडर्सफिल्डका लागि आरोन मोयले पहिलो गोल गरेका थिए। मोयले युनाइटेडका गोलरक्षक डेभिड डे गेयाबाट रिबाउन्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। लरेन्ट डेपोएट्रेले हडर्सफिल्डका लागि दोस्रो गोल गरेका थिए।

Laurent Depoitre rounded De Gea on 33 minutes to score and put Huddersfield in dreamland

म्यानचेस्टर युनाइटेडका तर्फबाट भने मार्कोस रासफोर्डले ७८ औँ मिनेटमा एक गोल फर्काएका थिए।

Marcus Rashford cut the deficit with a header but the goal proved to be only a consolation

सन् १९५२ पछि हडर्सफिल्डले म्यानचेस्टर युनाइटेडविरुद्ध पहिलो जित हात पारेको हो। शनिबारको खेलपछि म्यानचेस्टर युनाइटेड अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा ५ अंकले पछाडि परेको छ। ९ खेलबाट युनाइटेडको २० अंक रहेको छ भने समान खेलबाट सिटीको २५ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published.

Next Post

बार्सिलोनाद्वारा मालागा २-० ले पराजित

Sun Oct 22 , 2017
ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाद्वारा मालागा २-० ले पराजित भएको छ। खेलमा बार्सिलोनालाई जित हासिल गर्न कप्तान आन्द्रेज इनेस्टा र जेरार्ड डेउलेफेले गोल गरे। जितपछि ९ खेलबाट २५ अंक जोडेको बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा छ। मालागाको भने […]
Nepali Version