स्पोटिङ्ग कल्बद्वारा धरमपुर कल्ब पराजित

सबिन सेर्मा झापा :

झापाको शिवशताक्षिमा जारी प्रथम निशान राई (बिजु) स्मृति कपको आज दोस्रो दिनको खेलमा पथरी स्पोटिङ्ग कल्बले धरमपुर फुटफल कल्बलाई ४-१ गोल अन्तरले हराउदै अन्तिम चारमा स्थान बनाएको छ।

खेलको ६ मिनेटमा साइमन लिम्बुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै १२ औ मिनेटमा दिपक राईको फ्रिकिक बलमा मन्दिप धिमालले हेड गोल गर्दै टिमलाई २-० को अग्रता बनाएका थिए। १७/२६ औ मिनेटमा पथरी स्पोटिङ्ग कल्बका सुबास राईले ब्यत्तिगत दुई गोल अथवा आफ्नो कल्बको लागी तेस्रो र चौथो गोल गर्दै आफ्नो टिमलाई जितको नजिक पुर्याएका थिए। खेलको ३३ औ मिनेटमा धरमपुर एफ.सिका लागि १ गोल अरूण श्रेष्ठले गरेका थिए।


आजको खेलको म्यान अफ दि म्याच पथरी स्पोटिङ्गका दुई गोल कर्ता सुबास राई भए उनले नगद रू १००० प्राप्त गरे।
भोलिको खेल जलथल एफ.सि बिरूद्ध भानु स्पोटिङ्ग कल्ब।

One thought on “स्पोटिङ्ग कल्बद्वारा धरमपुर कल्ब पराजित

Leave a Reply

Your email address will not be published.

Next Post

यु-१८ च्याम्पियनसिप विजेता टोलीलाई जनही २ लाख रुपैयाँ

Tue Oct 10 , 2017
साफ यु-१८ च्याम्पियनसिपको विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ । भुटानमा दुई साताअघि भएको प्रतियोगितामा नेपालले भारतलाई २-० ले हराउँदै उपाधि जितेको थियो । २३ सदस्य खेलाडीसँगै मुख्य प्रशिक्षक छिरिङ लोप्साङ, सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र […]
Nepali Version