इंग्ल्याण्ड र स्लोभाकिया विश्वकपका लागि छनोट

रुसमा हुने विश्वकप फुटबलका लागि इंग्ल्याण्डले लिथुवानियालाई १–० ले हराउँदै आफ्नो स्थान पक्का गरेको छ।

इंग्ल्यानण्डको जितमा ह्यारि केनले २७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

Harry Kane gave England the lead with a 27th minute penalty following a foul on Dele Alli in rain-soaked Vilnius on Sunday

त्यस्तै आइतबार राति नै भएको खेलमा स्लोभेनियासँग २–२ को बराबरी खेलेको स्कटल्याण्डको सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्ने सपना टुटेको छ । स्कटल्याण्डका लागि ग्रिफिट्सले ३२ तथा स्नोडग्रासले ८८ औं मिनेटमा गोल गरे । स्लोभेनियाका लागि बेज्जाकले ५२ र ७२ औं मिनेटमा गोल गरे । इन्जुरी समयमा सेसर रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्लोभेनिया १० खेलाडीमा सीमित भएको थियो ।

Roman Bezjak celebrates scoring Slovenia's equaliser as World Cup qualification hopes slipped away from Scotland

राति नै भएको खेलमा माल्टालाई ३–० ले हराएको स्लोभाकियाले गोलअन्तरमा स्कटल्याण्डलाई पछि पार्दै प्ले–अफमा स्थान बनाएको छ । स्लोभाकिया र स्कटल्याण्ड दुवैको १८ अंक भए पनि स्कटल्याण्ड गोलअन्तरमा पछि परेको हो ।

6 thoughts on “इंग्ल्याण्ड र स्लोभाकिया विश्वकपका लागि छनोट

  1. Pingback: 토토사이트

Leave a Reply

Your email address will not be published.

Next Post

सरकारद्धारा अलर्ट जारी

Mon Oct 9 , 2017
सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपमा अर्जेन्टिना छनोट होला या नहोला भन्ने विषयले अहिले धेरै नै चर्चा पाएको छ। हाल छनोटको विषयलाई लिएर सबैभन्दा बढी चिन्तित त अर्जेन्टिनाका फ्यानहरु रहेका छन्। यसैबीच अर्जेन्टिनामा मंगलबार हुने खेललाई लिएर मानिसहरुको स्वास्थ्य प्रति सरकारले अलर्ट जारी गरेको छ । इक्वेडर विरुद्ध जितले […]
Nepali Version