साफ यू–१८ च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले आज (सोमबार) बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित नेपालले दोस्रो खेलमा माल्दिभ्समाथि २–० को विजय नतिजा निकालेको थियो ।

प्रशिक्षक छिरिङ लोप्साङले टोलीले पहिलो खेल हारे पनि अझै पनि उपाधि दाबेदारका रूपमा रहेको बताए । ‘हामीले खेलेका दुवै खेलमा ४–५ गोलले जित्नुपर्ने स्थिति थियो । तर खेलाडीबीच समन्वय कमीले अवसर सदुपयोग गर्न नसक्दा दुर्भाग्यपूर्ण हार बेहोर्नुपर्‍यो । बंगलादेशविरुद्ध गर या मरको स्थितिमा छौं । पछिल्लो जितसँगै टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरेको छु,’ उनले भने ।

नेपालले उपाधि बचाउन बाँकी दुवै खेल जित्नुपर्नेछ । बुधबार भारतको सामना गर्दै छ । अंकतालिकामा बंगलादेश र भुटानको ६–६ अंक छ भने नेपाल र भारतले ३–३ अंक जोडेका छन् ।

 

5 thoughts on “साफ यू–१८ च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

  1. Pingback: www.idrpokerq.site
  2. Pingback: Sivas haberler
  3. Pingback: 토토사이트
  4. Pingback: KIU-Library

Leave a Reply

Your email address will not be published.

Next Post

हङकङ नेपाल स्नुकरको उपाधि दिपेनलाई

Mon Sep 25 , 2017
स्पोर्ट्स क्लबद्वारा आयोजित ‘हङकङ नेपाल स्नुकर च्याम्पियनसिप २०१७’ को उपाधि दिपेन रानाले शनिबार जितेका छन् । फाइनलमा राजेश थापाविरुद्ध बेस्ट अफ सेभेनको प्रतिस्पर्धामा सुरुका चारै फ्रेम जित्दै दीपेन च्याम्पियन भएका हुन् । उनलाई उपाधि जित्न खासै गाह्रो भएन । उनले पहिलो फ्रेममा ८४ स्कोर गरेका थिए, जुन प्रतियोगिताकै सर्बाधिक हो […]
Nepali Version