पिएसजीसंग सेल्टिक ५–० ले पराजित, रिसाएका नेइमारद्वारा हात मिलाउन अस्वीकार

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकलाई ५–० गोलले हराएको छ ।

पिएसजीको जितमा नेइमारले १९ औँ मिनेटमा, एम्बाप्पेले ३४ औँ मिनेटमा, काभानिले ४० औँ र ८५ औँ मिनेटमा गोल गरे । सेल्टिकले आत्मघाती एक गोल गरेको थियो ।

काभानी च्याम्पियन्स लिगमा पिएसजीबाट अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले पिएसजीबाट च्याम्पियन्स लिगमा २२ गोल गरेका छन् ।

Ralston went in strongly on Neymar a couple of times before the incident on Tuesday night

खेलका दौरान सेन्टिकका डिफेन्डर एन्थनी रालस्टनले नेइमारलाई फल गरेका थिए । त्यसपछि रालस्टनले नेइमारलाई होच्याउने पारामा उनको मुखमा हेरेर हाँसेका थिए । यसबाट रिसाएका नेइमारले खेल सकिएपछि पनि उनीसँग हात मिलाएनन् ।

Celtic's Anthony Ralston laughs in the face of Neymar during Paris Saint-Germain's 5-0 win

खेलमा ३–० को अग्रता रहेकै बेला रालस्टनले नेइमारलाई जिस्काएका थिए । त्यही समय स्कोर बोर्डमा हेर्दै आफूहरु ३–० ले अघि रहेको नैइमारले इसारा गरेका थिए ।

The Brazilian was quick to remind Ralston of their lead on the night by using his fingers

Neymar then refused at full-time to swap shirts and shake hands with the Celtic defender

Leave a Reply

Your email address will not be published.

Next Post

नेपालद्वारा भुटान ५० रनमै अल आउट

Wed Sep 13 , 2017
एसिसी यू–१९ एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले भुटानलाई ५० रनमा रोकेको छ। मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । […]
Nepali Version