फिलिपिन्स र यमन २–२ को बराबरीमा रोकियो

एएफसी एसियन कपको छनोट चरणअन्तर्गत अर्को खेलमा फिलिपिन्सले यमनसँग २–२ को बराबरी खेलेको छ ।

यमनका लागि २७ औं मिनेटमा मुदिर अल रदाईले र ५५ औं मिनेटमा अब्दुल्वासी अल मातारीले गोल गरे।

फिलिपिन्सका लागि फिल यन्गहस्बेन्डले ३० औं मिनेटमा र जेम्स यन्गहस्बेन्डले ७१ औं मिनेटमा गोल गरे ।फिलिपिन्सले यसअघि घरेलु मैदानमा नेपाललाई ४–१ ले हराएको थियो । नेपालले घरेलु मैदानमा यमनलाई गोलरहित बराबरी खेलेको थियो ।

समूह ‘एफ’ मा अन्तर्गत घरेलु मैदानमा आज ताजिकिस्तानसँग पराजय भएपछि नेपाल अंक तालिकाको पुछारमा पुगेको छ । फिलिपिन्स २ जित र १ बराबरी पछि ७ अंकको साथमा शीर्षस्थानमा छ भने दोस्रो स्थानको यमनको ५ र ताजकिस्तानको ३ अंक छ । नेपालको १ अंक मात्र छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपमा छनौट

Wed Sep 6 , 2017
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि दक्षिण कोरिया र साउदी अरेबिया छनौट भएका छन् । एसिया क्षेत्र अन्तर्गत मंगलबार राति भएका खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिएपछि दक्षिण कोरिया विश्वकपका लागि छनौट भएको हो । त्यस्तै साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गरेको हो । योसँगै एसियाबाट […]
Nepali Version