एएफसी कप छनोटमा आज नेपाल र ताजकिस्तान भिड्दै

एएफसी एसियन कप – २०१९ को छनोट चरणमा नेपालले आज (मङ्गलबार) सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्दैछ ।

छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।

यसअघिका नेपालले २ खेलमा १ हार र १ मा बराबरी खेलेको थियो। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । यमनसँगको खेलमा गोलरहित बराबरी खेल्दै नेपालले पहिलो अंक जोडेको थियो ।

एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन छ।

ताजकिस्तानसँगको खेलका लागि नेपालले केही साताअघि जापान भम्रण गरेको थियो । जहाँ नेपालले विश्वविद्यालयका टोली र अन्य क्लबसँग गरि ५ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । यसअघिका छनोटमा भन्दा नेपालले यस पटकको तयारीमा बढी मैत्रीपूर्ण खेलको अवसर पाएको थियो ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको कोजी र कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्ध जितको आशा व्यक्त गरेका छन् । कोजीले पहिलो पटक टोलीमा समेटिएका जर्ज प्रिन्स कार्कीले ‘डेब्यू’ गर्ने सम्भावना रहेको पनि संकेत गरेका छन् ।

 

13 thoughts on “एएफसी कप छनोटमा आज नेपाल र ताजकिस्तान भिड्दै

  1. Pingback: 안전카지노
  2. Pingback: Catering Equipment
  3. Pingback: 놀이터추천
  4. Pingback: kiu

Leave a Reply

Your email address will not be published.

Next Post

माछापुच्छ्रे क्रिकेट लिगमा आयोजक माछापुच्छ्रे ३४ रनले विजयी

Tue Sep 5 , 2017
पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग अन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा आयोजक माछापुच्छ्रे लायन र भि.एम. वारियर्स बाग्लुङ बिच भएको थियोे र उक्त खेलमा माछापुच्छ्रेले ३४ रनले जित हात परेको छ । खेलमा माछापुच्छ्रेका दीपेश खत्री म्यान अफ द म्याच भएका छन।उनले ४ ओभर गर्दै २ मेडेन सहित ५ रन […]
Nepali Version