प्रथम दूधे गोल्डकप आगामी असोजमा हुने

सबिन लिम्बु , झापा – दुधे यूथ क्लबको आयोजनामा झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ देखि ११ गतेसम्म प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ ।

आज (आइतबार) बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी गोल्डकप फुटबलको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउनेछन् । जसमध्ये एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, हिमालयन शेर्पा, रुपन्देही ११, झापा ११, मोरङ ११ र आयोजक दुधे युथ क्लब छन् ।

प्रतियोगिताको विजेताले ३ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण-पत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्ले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको थोप्राले बताए। यसैगरी म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैंयाँ प्रदान गरिने बताइएको छ।

प्रतियोगिता सम्पन्न गर्न ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

6 thoughts on “प्रथम दूधे गोल्डकप आगामी असोजमा हुने

  1. Pingback: www.rajaqq77.com
  2. Pingback: 놀이터추천
  3. Pingback: this contact form
  4. Pingback: Ignou report
  5. Pingback: make up tips

Leave a Reply

Your email address will not be published.

Next Post

एन्फा र टर्नपाइकबीच ५ वर्षको सम्झौता

Sun Aug 20 , 2017
अखिल नेपाल फुटबल संघ (एन्फा) र टर्नपाइक इभेन्ट प्रालीबीच राष्ट्रिय फुटसल लिगका लागि ५ वर्षको सम्झौता भएको छ। आज (आइतबार) भएको कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र ह्याण्डओभर गरे। सम्झौता अनुसार टर्पाइकले २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई दुई तिहाई […]
Nepali Version