साफ यू-१५ को पहिलो खेलमा बंगलादेशसंग श्रीलंकालाई ४-० ले पराजित

साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) देखि सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा सुरु भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ ।

बंगलादेश लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा, ३२ औं मिनेटमा र ७६ औं मिनेटमा गोल गरे । त्यस्तै पहिलो हाफको समाप्ति अघि बंगलादेशका लेफ्ट ब्याक येसिन अराफातले गरेको क्रस सोझै गोलमा परिणत भएको थियो ।

समूहमा ‘ए’ मा बंगलादेश र श्रीलंकासहित भुटान छ । समूह ‘बि’ मा रहेको नेपालले भने पहिलो खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ । यस्तै नेपालले दोश्रो खेल बुधबार भारतसँग खेल्ने छ । दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

भोलीको खेलमा समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

प्रधानसेनापति ट्रफीमा आर्मीकी कृष्णाले जितिन् स्वर्ण पदक

Fri Aug 18 , 2017
नेपाल आर्मीको आयोजनामा प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता आज (शुक्रबार) देखि सुरु भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम केन्द्रमा भएको प्रतियोगितामा आर्मीकी कृष्णा चौधरीले चार सय मिटरको दूरी ५९.८० सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी छिन् । उनले आफ्नै नाममा रहेको एक मिनेट ०.२० सेकेन्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान […]
Nepali Version