नयाँ सिजनको पहिलो खेलमा आर्सनलद्वारा लेस्टर सिटी ४-३ ले पराजित

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल शुक्रबारदेखि सुरु भएको छ । पहिलो खेल शुक्रबार राति आर्सनल र लेस्टर सिटी बीच भएको हो। जसमा आर्सनलले विजय सुरुवात गरेको छ। आर्सनलले लेस्टर सिटीलाई गए राति भएको खेलमा ४-३ ले पराजित गरेको हो।

आर्सनलको मैदान इमाइरेट्स रंगशालामा नेपाली समयअनुसार राति १२:३० बजे खेल सुरु भएको हो । खेलमा आर्सनलका लागि दोस्रो मिनेटमा एलेसएण्डरले, ४५+२ औ मिनेटमा वेल्बेक्कले, रयाम्सेले ८३ औ मिनेटमा र गिरौडले ८५ औ मिनेटमा गोल गरेका हुन्। लेस्टर सिटीका लागि पाचौ मिनेटमा शिंजी ओकाजाकीले, २९ औ र ५६ औ मिनेटमा भार्डिले गोल गरेका हुन्।जीतसंगै आर्सनलले ३ अंक हासिल गरेको छ।

प्रिमियर लिग फुटबलमा शनिबार ७ खेल हुनेछन् । साविक विजेता चेल्सी र बर्न्ले भिड्नेछन् भने वाट्फोर्ड र लिभरपुलबीच खेल हुनेछ ।

यसैगरी, म्यानचेस्टर सिटी र ब्राइटन, एभर्टन र स्टोक सिटी, साउथह्याम्पटन र स्वान्सी सिटी, वेस्ट ब्रोम र बर्नमाउथ तथा क्रिस्टल प्यालेस र हडर्सफिल्ड टाउनबीचको खेल पनि शनिबार नै हुनेछ ।

यसैगरी, आइतबार हुने खेलमा न्यूकासल युनाइटेड र टोटनह्याम हट्सपर तथा म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड भिड्नेछन् ।

प्रिमियरमा आएका नयाँ खेलाडीमध्ये चेल्सीका स्पेनिस स्ट्राइकर अल्भारो मोराटा, आर्सनलका फ्रेन्च स्ट्राइकर लाकाजेटी, म्यानचेस्टर युनाइटेडका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु, वेस्ट ह्याम युनाइटेडका हेभियर हर्नान्डेज र म्यानचेस्टर सिटीका कायल वाल्करलगायतका डिफेन्डरहरुलाई निकै महत्वका साथ हेरिएको छ ।

Olivier Giroud came off the substitutes bench to score a priceless winner for Arsenal in the 85th minute against Leicester

Arsenal made the perfect start to the season with a second-minute goal but soon found themselves behind through Vardy

Vardy has now scored four goals in his last five Premier League appearances against Arsenal having tapped in

The Premier League season started on a Friday night for the first time in the 25 years it has been in existence

The England striker wheeled away behind the goal to celebrate with his delirious supporters at the Emirates Stadium

One thought on “नयाँ सिजनको पहिलो खेलमा आर्सनलद्वारा लेस्टर सिटी ४-३ ले पराजित

Leave a Reply

Your email address will not be published.

Next Post

हिटिङ सिस्टमको पुलको निर्माण

Sat Aug 12 , 2017
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र रहेको स्वीमिङ पुलकै दक्षिणीमा भागमा हिटिङ सिस्टमको पुल बन्ने भएको छ । १० लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको हुनेछ । ३३ करोड ५४ लाख ६३ हजार लागत अनुमान गरिएको स्वीमिङ पुल हातामा तीन मुख्य ब्लक रहने छन् । त्यसमा कार्यालय, खेलाडी र […]
Nepali Version