रोनाल्डोमाथि कर छलीको आरोप, पहिलो पल्ट अदालतमा उपस्थित

कर छलीको आरोपमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो पल्ट स्पेनको अदालतमा उपस्थित भएका छन्।

रोनाल्डोलाई केही महिनाअघि २०१० मा १४.७ मिलियन युरो कल छली गरेको आरोप लागेको थियो। कर अधिकारीले उनीविरुद्ध कर छलीको मुद्धा दायर गरेपछि उनी आज (सोमबार) स्पेनको अदालतमा उपस्थित भएका हुन्।

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

यसअघि अर्जेन्टिनाका लिओनल मेसीलाई पनि कर छलीको आरोप लागेको थियो र उनलाई २१ महिना जेल सजाय समेत सुनाइएको छ । तर, जेल बस्नुको सट्टा उनले २ लाख ५२ हजार युरो तिरे जरिवाना तिरेका थिए ।

रोनाल्डोले म्याड्रिड नजिकै पोजुइलो डे अलार्कोनमा रहेको अदालतमा स्थानीय समयअनुसार बिहान ११ बजे पुगेर आफू निर्दोष भएको कागजपत्र पेश गरेका थिए।

अधिकारीहरुका अनुसार यदि रोनाल्डोको मुद्दा न्यायिक छानविनमा पठाइयो भने उनलाई कम्तिमा २८ मिलियन जरिवाना र साढे ३ वर्ष जेल सजाय हुनसक्छ ।

 

5 thoughts on “रोनाल्डोमाथि कर छलीको आरोप, पहिलो पल्ट अदालतमा उपस्थित

  1. Pingback: 바카라
  2. Pingback: 918kiss
  3. Pingback: 카지노사이트
  4. Pingback: addiction

Leave a Reply

Your email address will not be published.

Next Post

उज्ज्वलले जिते युएसएकेएफ राष्ट्रिय कराँतेमा रजत पदक

Mon Jul 31 , 2017
अमेरिकामा भएको युएसएकेएफ राष्ट्रिय कराँते प्रतियोगितामा उज्ज्वल ठकुरीले रजत पदक प्राप्त गरेका छन् । डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न प्रतियोगितामा ३५ देखि ४४ वर्ष समूहको अग्रिम (एडभान्स) प्रतिस्पर्धामा उज्ज्वल ठकुरी पहिलो पटक सहभागी भएका थिए । प्रतियोगितामा उज्ज्वल ठकुरीले राष्ट्रिय बिजेतासंग फाइनल खेलमा पराजित भएर दोस्रो स्थानको साथसाथै […]
Nepali Version