नेयमार र सेमेडोबीच ट्रेनिङ्ग मैदानमा झगडा भएको छ। नयाँ सिजनको तयारीको लागि अमेरिकामा रहेको बार्सिलोनाको प्रशिक्षणमा फरवार्ड नेयमार र डिफेन्डर सेमेडोबीच झगडा पारेको हो ।
सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै नेयमारले रिसको झोकमा बिब्स मैदानमा फ्याँकेर बललाई रिसको झोकमा हान्दै मैदान छाडेका थिए।
भिडियोमा देखिए अनुसार अन्य खेलाडीले नेयमार र सेमेडोको झगडा परेसँगै दुवैलाई छुट्ट्याएका थिए। त्यसपछि केहि बेर भनाभन गरे।
पिएसजी जाने हल्ला दिन प्रतिदिन बढ्दै जाँदा यस घटनाले झन् उग्र रुप लिने विश्लेषकहरुको बुझाई छ।
5 thoughts on “नेयमार र सेमेडोबीच झगडा”