म्याग्दीमा बौद्ध कप फुटबल हुने

म्याग्दीमा तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ मंगलाघाटको बौद्ध युवा क्लबले असोज १ गते देखी ५ गतेसम्म बेनीको खुल्ला मञ्चको मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ, उपविजेताले नगद ७० हजार तथा सेमिफाइनल सम्म पुग्ने टोलीले १५ हजार रुपैयाँ पाउने जानकारी दिए ।

प्रतियोगिताको अनुशासित टोलीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, स्ट्राइकर, मिडफिल्डर र रक्षक जनही ६ हजार रुपैयाँ पाउनेछन् ।

क्लबका अध्यक्ष विजय किसानले क्लब सामाजिकसँग खेलकुद विकासमा पनि सक्रिय रहेको बताए । क्लबका सल्लाहकार सुवास कुमार श्रेष्ठले स्थानियस्तरमा हुने प्रयोगिताले खेलाडीको पहिचान र अवसरको वातावरण बनाउन सहयोग पुग्ने बताए ।

क्लबका उपाध्यक्ष कृष्ण श्रेष्ठले प्रतियोगितामा झन्डै २६ लाख रुपैयाँ खर्च हुने बताए । २०६४ सालमा जिरन रानाको अध्यक्षतामा स्थापना भएको क्लवले मंगलाघाट सहित आसपासका क्षेत्रमा स्थानीयबासी संग सहकार्य गरेर सामाजिक काम पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

उज्वेकिस्तानसँग नेपाल २–० गोलले पराजित

Mon Jul 17 , 2017
एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत आज (सोमबार) भएको समूह ‘डी’को दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाली टोली २–० गोल अन्तरले पराजित भएको छ । उज्वेकिस्तानका लागि २१ औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ८० औं मिनेटमा गानिएभ अजिजोनले गोल गरेपछि उज्वेकिस्तान २-० ले विजयी भयो । यस […]
Nepali Version