त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

हिमालयन मनोज / खेलकुदनेपाल

बुटवल –

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको खेलमा त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३-१ गोलले पराजित गरेको हो ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीका लागि विवेक बस्नेतले २० औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३८ औँ मिनेटमा राजिव गुरुङले आर्मीको अग्रतालाई दोब्बर बनाए। पुलिसका लागि ७८ औँ मिनेटमा निर कुमार राईले एक गोल फर्काए। दीप लामाले ८३ औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३-१ ले विजयी गराए। खेलको म्यान अफ द म्याच आर्मीका विवेक बस्नेत घोषित भए।

प्रतियोगिताको विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले नगद रु ३ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।

5 thoughts on “त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

  1. Pingback: 온라인카지노

Leave a Reply

Your email address will not be published.

Next Post

एपिएफ र रेल्वे टिम इण्डिया फाइनलमा प्रवेश

Tue Feb 28 , 2017
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरीको एपिएफ र रेल्वे टिम इण्डिया फाइनलमा प्रवेश गरेको छ । नेपालगञ्ज रंगशालाको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा रेल्वेले नेपालको विभागीय टोली त्रिभुवन आर्मीलाई २५–१६, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई […]
Nepali Version