इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।
लेस्टरका लागि २८ औँ मिनेटमा जेमी भर्डीले सुरुवाती अग्रता दिलाए। ३९ औं मिनेटमा ड्यानी ड्रिङ्कवाटरले लेस्टरको अग्रतालाई दोबार बनाए। ६० औं मिनेटमा भर्डीले व्यक्तिगत दुई गोल गरे। लिभरपुलका लागि ६८ औं मिनेटमा फिलिप कोन्टिन्होले एक गोल फर्काए ।
जितपछि लेस्टर रेलिगेशन जोनबाट पनि बाहिर निस्किएको छ । २६ खेलबाट २४ अंक जोडेको लेस्टर १५ औं स्थानमा छ । पराजित भएको लिभरपुल भने २६ खेलबाट ४९ अंकसहित पाँचौं स्थानमा छ ।