मकाउमा अनिल गुरुङ सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन्। व्यक्तिगत भ्रमणका क्रममा मकाउ पुगेको अनिलललाई एनआरएन मकाउले आज (शनिबार) सम्मान गरेको हो।

एनआरएन मकाउका अध्यक्ष मुकेश बरुवालले अनिललाई मायाको चिनो प्रदान गरे। कार्यक्रममा एनआरएन मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा रेफ्री सचिन अमात्यलगायतको उपस्थिति थियो।

अमात्यका अनुसार अनिल आइतबार स्वदेश फर्कदैछन् । अनिल राष्ट्रिय टोलीबाट ५० क्याप नजिक पुगेका छन् ।

सन् २००७ मा ओमानविरुद्धको विश्व कप छनोटमा ‘डेब्यू’ गरेका अनिलले पछिल्लो पटक यमनसँगको एसियन कप छनोट खेलेका थिए । यमनसँगको खेल उनको खेल जीवनको ४९ औं खेल थियो ।

तस्बिर सौजन्य- सचिन अमात्य

14 thoughts on “मकाउमा अनिल गुरुङ सम्मानित

  1. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

लुकाकु म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

Sat Jul 8 , 2017
बेल्जियन स्ट्राइकर रामेलु लुकाकु म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन् । म्यानचेस्टर युनाइटेडले लुकाकुका लागि एभर्टनलाई सात करोड ५० लाख पाउण्ड स्ट्रलिङ दिने सहमति गरेपछि लुकाकु युनाइटेड आउने पक्का भएको हो । यद्दपी लुकाकुको मेडिकल र अन्य विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ । लुकाकुलाई क्लब भित्र्याउन उनकै […]
Nepali Version