नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने

एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले जुलाई ११ मा मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा खेलिनेछ।

संयुक्त अरब इमिरेट्समा (युएई) हुने प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल लगायत आयोजक युएई, उज्बेकिस्तान र लेबनान रहेका छन्।

नेपालले पहिलो खेलमा आयोजक राष्ट्र युएईसँग असार ३१ गते खेल्नेछ। त्यस्तै दोश्रो खेल उज्बेकिस्तानसंग साउन २ गते र लेबनानसंग साउन ४ गते खेल्नेछ।

टोलीको अन्तिम छनोट अर्को साता हुने व्यवस्थापक संजिव मिश्रले जानकारी दिए। “यू२३ टोलीमा १० जना राष्ट्रिय खेलाडी रहेका छन्। टोली कमजोर छैन। प्रशिक्षकको आवश्यकता अनुसार २० देखि २३ खेलाडीको छनोट गरिनेछ।”

नेपाली टोली असार २९ गते युएईतर्फ प्रस्थान गर्नेछ।टोलीका प्रशिक्षकमा राजु काजी शाक्य, सहायक प्रशिक्षक प्रकास अर्याल र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन्।

4 thoughts on “नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने

  1. Hiya! I know this is kinda off topic nevertheless
    I’d figured I’d ask. Would you be interested in trading links or
    maybe guest authoring a blog post or vice-versa? My website goes over a lot of the same topics
    as yours and I think we could greatly benefit from each
    other. If you happen to be interested feel free to shoot me an e-mail.
    I look forward to hearing from you! Fantastic blog by the way! https://buszcentrum.com/priligy.htm

Leave a Reply

Your email address will not be published.

Next Post

श्रीलंकन लायन्ससंग अफगानिस्तान बुल्स १० रनले पराजित

Sun Jun 25 , 2017
काठमाडौंमा जारी एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट अन्तर्गत आज (आइतबार) भएको खेलमा श्रीलंकन लायन्सले अफगानिस्तान बुल्सलाई १० रनले पराजित गरेको छ। कीर्तिपरस्थित टीयू क्रिकेट मैदान पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। लायन्सका लागि दीनेश नक्रानीले सर्वाधिक ४५ तथा […]
Nepali Version