झापालाई पराजित गर्दै सैनिक फाईनलमा प्रवेश

खेलकुद नेपाल
सविन शेर्मा, झापा

झापाको जलथल फुटबल क्लबको आयोजनामा जारी प्रथम हल्दिबारी गाँउपालिका गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सैनिक फुटबल क्लबले झापा ७ लाई ३-१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

सैनिकका लागि गणेश हेम्रुमले २ गोल, बिकेश लिम्बुले १ गोल गरे । त्यस्तै झापाका लागि सुरज कार्कीले १ गोल फर्काए ।

खेलको म्यान अफ दी म्याच झापा ७ का सुरज कार्की घोषित भए र उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published.

Next Post

रियल मड्रिड बन्यो १२ औं पटक च्याम्पियन

Sun Jun 4 , 2017
च्याम्पियन्स लिग फुटबल अन्तर्गत शनिबार राति वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा भएको फाइनल खेलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै रियल मड्रिड च्याम्पियन बनेको छ । रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता भएदेखि लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम […]
Nepali Version