एन्फा र एपी वानबीच ५ करोड २५ लाखको प्रायोजन सम्झौता

खेलकुद नेपाल
नवराज श्रेष्ठ, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) र एपी वान एचडी टेलिभिजनबीच ३ वर्षका लागि ५ करोड २५ लाखको प्रायोजन सम्झौता भएको छ।

आज (बिहिबार) राजधानीमा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र एपी वानका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलबीच सम्झौता पत्रमा हसताक्षर भएको छ।

एपी वानले नेपालमा एन्फाले गर्ने फुटबल लगायत सबै खालको प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नुका साथै मार्केटिङ र स्पोनसरसिपको अधिकार खरिद गरेको छ।

वार्षिक ३० खेल प्रशारण गर्ने मोटामोटी सम्झौता भएको श्रेष्ठले जानकारी दिए।

एन्फा अध्यक्ष नरनेद्र श्रेष्ठले अबको केही दिनपछि नै ए डिभिजन लिगको मिति तय गरिने  पनि बताए।

9 thoughts on “एन्फा र एपी वानबीच ५ करोड २५ लाखको प्रायोजन सम्झौता

  1. Pingback: dewa qiuqiu99

Leave a Reply

Your email address will not be published.

Next Post

शिवम् सिमेन्टको सह–प्रायोजनमा राष्ट्रिय महिला भलिबल जेठमा हुने

Thu Jun 1 , 2017
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शिवम् सिमेन्टले सह–प्रायोजन गर्ने भएको छ । प्रतियोगिता यही जेठको २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र शिवम् सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष सुरेन्द्रकुमार गोयलले आज […]
Nepali Version