हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको खेलमा हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ। हिमालयन शेर्पाले झापा ११ लाई टाइब्रेकरमा २-१ गोलले पराजित गरेको हो ।

हिमालयन शेर्पाका लागि ३७ औँ मिनेटमा चेतन कुमार थापाले गोल गरे। तर ४० औँ मिनेटमा सन्जोग राईले झापाको लागि बराबरी गोल फर्काए।

निर्धारित समयसम्म १/१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा हिमालयन शेर्पाले झापा ११ लाई २-१ गोलले पराजित गरेको हो ।

प्रतियोगिताको विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले नगद रु ३ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।

3 thoughts on “हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश

  1. Pingback: CBD oil
  2. Excellent blog here! Also your website loads up fast! What web
    host are you using? Can I get your affiliate link to your host?

    I wish my web site loaded up as fast as yours lol

Leave a Reply

Your email address will not be published.

Next Post

प्रधानमन्त्री महिला भलिबलमा रेलवे र एपिएफको विजयी सुरुवात

Sat Feb 25 , 2017
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा रेलवे टिम इन्डिया र एपिएफले विजयी सुरुवात गरेको छन् । आज (शनिबार) भएको उद्घाटन खेलमा रेलवे टिमले नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गर्यो। यसैगरी अर्को खेलमा एपीएफले बर्षात एशोसियसन क्लबलाई २५–१७,२५–५ र २५–६ ले हरायो। यता रेलवेका प्रशिक्षक […]
Nepali Version