एन्फा महिला लिग आज देखि सुरु

एन्फा महिला लिग च्याम्पियनसिप फुटबल आज (मंगलबार)देखि स्याङ्जा र पाल्पामा सुरु हुँदैछ ।

स्याङ्जाको वालिङमा पहिलो पटक हुन लागेको महिला राष्ट्रिय फुटबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने छ । यस्तै पाल्पामा पनि १४ टिमको सहभागिता रहनेछ । स्याङजा र पाल्पा एक-एक सेमिफाइनल तथा फाइनल खेल पाल्पाको तानसेनमा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक प्रत्येकालई १५ हजार प्रदान गरिनेछ।

9 thoughts on “एन्फा महिला लिग आज देखि सुरु

Leave a Reply

Your email address will not be published.

Next Post

हिमालयन शेर्पाद्वारा जावलाखेल ४-३ गोलले पराजित

Tue May 30 , 2017
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) भएको खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ कल्बलाई ४-३ गोलले पराजित गरेको छ । हिमालयन शेर्पाका लागि अबिनाश तमाङले १८, २५ र ९२ अौँ मिनेटमा, राहुल गुरुङ्ले ३४ अौँ मिनेटमा गोल गरे । जावलाखेलका लागि अर्जु महर्जनले ३१ र ६३ अौँ मिनेटमा र […]
Nepali Version