संकट र नेपाल पुलिस बुढासुब्बा गोल्डकपको फाइनलमा भिड्ने

१९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस विजयी भएको छ । नेपाल पुलिस क्लबले आयोजक धरान फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

नेपाल पुलिसका लागि मान बहादुरले ३१ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। रजिन सुब्बाले ३७ औँ मिनेटमा गोल गर्दै धरानका लागि बराबरी गोल फर्काए। जुमानु राईले ४१ औँ मिनेटमा र ६६ औँ मिनेटमा दुई गोल गर्दै पुलिसलाई ३-१ ले विजयी बनाए । खेलको म्यान अफ द म्याच जुमानु राई घोषित भए। उनले नगद रु ५ हजार प्राप्त गरे।

नेपाल पुलिसले अब फाइनलमा संकटाको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published.

Next Post

एपीएफ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

Thu Feb 23 , 2017
१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (बिहिबार) भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ विजयी भएको छ। एपीएफले भारतको शेर ए क्लव कालिमपोङलाई १-० गोलले पराजित गरेको हो । एपीएफका लागि सरोज कोइरालाले २१ औँ मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय […]
Nepali Version