नेपाल पुलिसलाई हराउँदै आर्मी फाइनलमा प्रवेश

टुबोर्ग तेस्रो माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) भएको खेलमा नेपाल आर्मी विजयी भएको छ। नेपाल आर्मीले नेपाल पुलिसलाई २-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

नेपाल आर्मीका लागि टंक बस्नेतले ४२ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा नेपाल पुलिसको हेम तामांगले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा सिमित रह्यो। दोस्रो हाफको ७३ औं मिनेटमा सन्तोष तामांगले गोल गरेपछि आर्मी २-० गोलले विजयी भयो। खेलको म्यान अफ द म्याच बिमल पाण्डे घोषित भए। उनले नगद रु ७ हजार प्राप्त गरे।

अब दोस्रो सेमिफाइनलमा एपिएफले झापा ११ को सामना गर्नेछ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेताले उपाधिसहित ४ लाख रुपैँया र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

8 thoughts on “नेपाल पुलिसलाई हराउँदै आर्मी फाइनलमा प्रवेश

  1. Pretty section of content. I just stumbled upon your web site and in accession capital to assert that I acquire in fact enjoyed account your blog posts. Anyway I will be subscribing to your augment and even I achievement you access consistently rapidly.

  2. Pingback: 메이저놀이터
  3. After looking over a handful of the blog posts on your blog, I really like your way of writing a blog. I added it to my bookmark webpage list and will be checking back in the near future. Please visit my website as well and let me know how you feel.

  4. Your style is very unique in comparison to other people I’ve read stuff from. Thanks for posting when you have the opportunity, Guess I will just book mark this web site.

Leave a Reply

Your email address will not be published.

Next Post

नयाँ बजार राष्ट्रिय पुरुष भलिबलमा विभागीय टोली विजयी

Wed Apr 5 , 2017
चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगितामा आज (बुधबार) विभागीय टोली नेपाल आर्मीले र नेपाल पुलिसले विजयी भएका छन् । नयाँबजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा समूह ‘बी’ मा भएको खेलमा आर्मीले आयोजक नयाँबजार सामाजिक युवा क्लवलाई २५–२०, २५–१६ र २५–१९ र गिताञ्जली कलेजलाई २५–१२, २५–१४ र २५–१३ को […]
Nepali Version