एनआरटीलाई ४-१ ले पराजित गर्दै मनाङ तेस्रो स्थानमा

साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ ।

लिग अन्तर्गत आइतबार भएको ११ औं चरणको अन्तिम खेलमा मनाङले एनआरटीलाई पराजित गर्दै अंक तालिकामा थ्री स्टारलाई पछि पारेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा मनाङले एनआरटीलाई ४-१ ले पराजित गरेको हो ।

मनाङको जितमा अञ्जन विष्टले दुई गाेल गरे भने विमल राना र जयानन्द सिंहले एक–एक गोल गरे । पहिलो हाफमा दुई–शून्यकाे अग्रता बनाउन सफल मनाङले दोस्रो हाफमा पनि दुई गोल गर्न सफल भयो ।

खेलको ३५ औँ मिनेटमा विमल रानाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनुअघि खेलको ४३औँ मिनेटमा मनाङका अञ्जन विष्टले थप एक गाेल गरे ।

दोस्रो हाफको ६५ औँ मिनेटमा अञ्जन विष्ट फेरि गोल गर्न सफल भए । मनाङ तीन–शून्य गाेलले अघि रहको अवस्थामा न्युरोडका लागि खेलकाे ८९ औँ मिनेटमा सकल रेग्मीले गोल गर्दै खेललाई तीन–एककाे अवस्थामा पुर्‍याएका थिए ।

तर मनाङका लागि इन्ज्युरी समयमा भिडालको उत्कृष्ट पासमा दयानन्द सिंह गोल गर्न सफल भए । निर्धारित समायमा गोल फर्काउन नसकेपछि मनाङविरुद्ध न्युरोड चार–एक गाेलले स्तब्ध हुन पुग्यो ।

जितपछि मनाङ २२ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । चौथो स्थानमा झरेको रुस्लान थ्री स्टार क्लबको २० अंक छ ।

Next Post

India Legend will be facing West Indies Legends today

Sat Mar 7 , 2020
Now again, the two great player Sachin Tendulkar and Brian Lara will lock horns with each other featuring for the Road Safety World Series initiative, in the opening match starting on March 7 at 6:15 pm. Live streaming will be only on CineplexHD channel. The league comprises five teams, namely, […]
Nepali Version