थ्री स्टारद्वारा सरस्वती युथ क्लब ४-० पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबलाई ४-० पराजित गरेको छ।

थ्री स्‍टारको जितमा सन्जोग राईले ३ गोल गर्दा गर्दा लाल रामर्भाले १ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थ्री स्टारले ४ वटै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४८ औं मिनेटमा रामर्भाले गोल गरेका थिए भने खेलको ५७ औँ, ६० औँ र ७१ औँ मिनेटमा राईले गोल गरेका थिए।

जितसँगै थ्रीस्टार १७ अंक जोड्दै शीर्ष ४ मा उक्लिएको छ।

आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र मछिन्द्र क्लब भिड्ने छन्।

Next Post

छैटौं एजे कप भलिबल प्रतियोगिता फागुन २ देखि सुरू

Mon Feb 3 , 2020
गएको ५ वर्षदेखि निरन्तर रुपमा हुँदै गरेको एजे भलिबल कपको छैटौं संस्करण यही आउँदो फागुनको २ गतेबाट हुने भएको छ । भक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति(एजे) सेकेण्डरी स्कुलको आयोजनामा फागुनबाट भलिबल प्रतियोगिता हुने विद्यालयले जनाएको छ । कक्षा १२ अध्ययनरत विद्यार्थीसम्मले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको तयारी तीब्र बनेको विद्यालयका प्रधानाध्यापक […]
Nepali Version