मच्छिन्द्र क्लब लिगको शिर्ष स्थानमा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत भएको खेलमा मच्छिन्द्र क्लब लिगको शिर्ष स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र क्लबद्वारा जाउलाखेल युथ क्लब १-० ले पराजित भएको हो।

खेलको ३१ औं मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो। उसका लागि विशाल राईले गोल गरे।

त्यसपछि दुवै टिमबाट अरु गाेल नभएपछि मच्छिन्द्रले जाउलाखेलविरुद्ध १-० को जित निकाल्यो।

जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । जाउलाखेलको ६ खेलमा नौ अंक रहेको छ ।

जारी लिगमा जाउलाखेलको यो पहिलो हार हो । अब हुने दोस्रो खेलमा यदि मनाङ बराबरीमा रोकिएमा वा पराजित भएमा मच्छिन्द्र शीर्ष स्थानमा यथावत हुनेछ ।

14 thoughts on “मच्छिन्द्र क्लब लिगको शिर्ष स्थानमा

  1. Pingback: cytotmeds.com
  2. Pingback: dapoxetine priligy
  3. Pingback: edegra dapoxetine
  4. Pingback: plaquenil 6 price

Comments are closed.

Next Post

मनाङ र हिमालयन शेर्पा बराबरीमा

Sat Jan 11 , 2020
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र हिमालयन शेर्पाले गोलरहित बराबरी खेलेका हुन्। खेलको ७२औं मिनेटमा सुरज विश्वकर्माले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो । […]
Nepali Version