मछिन्द्र र एनआरटी विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा मछिन्द्र क्लवले जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३-० को गोल अन्तरले पराजित गरेको हो।

२८ ‍औं मिनेटमा पिटर सेगुनले बक्सभित्रबाट हेडमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा अदेलेजा सोमिदेले गोल गर्दै अग्रता दोब्बर बनाए। रेजिन सुब्बाले ८५ औं मिनेटमा गोल गरेपछि खेल ३-० को अवस्थामा पुगेको थियो।

खेलमा अधिकांश समय मछिन्द्रले दबदबा कायम गरेको थियो। जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ३ खेल खेलेको मछिन्द्रले २ मा जित र १ मा बराबरीको नजिता निकाल्दै ६ अंक जोडेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटीसँग च्यासल दुई एक गोल अन्तरले पराजित भयाे।

दशरथ रंशगालामा भएको खेलको पहिलो हाफमा च्यासलविरुद्ध एनआरटीले एक गोलको अग्रता बनाएको थियो । खेलको २७ औंँ मिनेटमा एनआरटीका विदेशी खेलाडी जुनियरले गोल गर्न सफल भए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एनआरटीले ७१ औंँ मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका यानीक ओवाना दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर ८५ औंँ मिनेटमा उल्टै एनआरटीले गोल गर्न सफल भयो । उसका लागि दर्शन गुरुङले काउन्टर अट्याकमा गोल गरेका थिए ।

अन्तिममा च्यासलले एक गोल फर्काउँदै अन्तर कम गरेको थियो । उसका लागि अमिर श्रेष्ठले गोल गरेका थिए । तर त्यसपछि च्यासलले थप गोल गर्न सकेन र पराजित भयो ।

यो हारले च्यासललाई अंक तालिकामा ठूलो घाटा भएको छ । उसको तीन खेलमा ४ अंक भएको छ भने एनआरटीको चार अंक छ ।

11 thoughts on “मछिन्द्र र एनआरटी विजयी

  1. Pingback: acyclovir presta
  2. Pingback: ivermectin v
  3. Pingback: ivermectine

Comments are closed.

Next Post

आर्मीद्वारा हिमालयन शेर्पा २-० ले पराजित

Fri Dec 27 , 2019
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शुक्रवार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीद्वारा हिमालयन शेर्पा २-० ले पराजित भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। दोस्रो हाफमा ५७ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै […]
Nepali Version