इमर्जिङ क्रिकेमा नेपालसंग हङकङ ७ विकेटले पराजित

इमर्जिङ कप क्रिकेट अन्तर्गत आज (बिहिबार) भएको खेलमा नेपालले जित हात परेको छ। नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ ।

२१५ रनको लक्ष्य पछ्याएको नेपालले ४४ अोेभर २ बलमा तीन विकेट जाँदा २ सय २० रन बनाएको हो । नेपालका ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २१४ रन बनाएको थियो । नेपालका अविनाश कर्णले ३ तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले २/२ विकेट लिए । यस्तै सन्दिप लामिछानेले १ विकेट लिए ।

हङकङका लागि अंशुमन राथले ६० बलमा ५१, क्यामरुन म्याकुलसेनले ७३ बलमा ४३ तथा वाक्कस खानले ६५ बलमा ३० रन बनाएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा बंगलादेशकोसँग ८३ रनले पराजित भएको थियो ।

खेलको म्यान अफ द म्याच ज्ञानेन्द्र मल्ल घोषित भए ।

4 thoughts on “इमर्जिङ क्रिकेमा नेपालसंग हङकङ ७ विकेटले पराजित

  1. Pingback: Büyük haber
  2. Pingback: Replica
  3. Pingback: 카지노사이트

Leave a Reply

Your email address will not be published.

Next Post

नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश

Thu Mar 30 , 2017
टुबोर्ग तेस्रो माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको उद्घाटन खेलमा नेपाल पुलिस विजयी भएको छ। नेपाल पुलिसले आयोजक माई भ्याली फुटबल क्लबलाई ३-० गोलले पराजित गरेको हो । पुलिसका लागि खेल सुरु भएको ५ मिनेटमै भरत शाहले पहिलो गोल गरे । २८ औं मिनेटमा अभिषेक रिजालले पुलिसको […]
Nepali Version