आइपीएल: डेब्युमै अल्जारी जोसेफको ६ विकेट, मुम्बईले ४० रनले हरायो हैदरावादलाई

वेष्ट इन्जिजका अल्जारी जोसेफले आइपीएल डेब्युमै धातक बलिङ गर्दै ६ विकेट लिएपछि मुम्बई इन्डियन्सले शनिवार सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।

Image may contain: one or more people, people playing sports and outdoor

ब्याटिङमा किरन पोलार्डको केमियो अनी जोसेफसहित बलरहरुको उत्कृष्ट प्रदर्शनपछि मुम्बईले १३६ रन डिफेण्ड गर्दै हैदरावादलाई ४० रनले पराजित गरेको हो।

Image may contain: 1 person, text

डेब्यू खेलमा आईपीएलको इतिहासमा कम रन खर्चेर धेरै विकेट लिने खेलाडीको रेकर्ड बनाए अलजारी जोसेफले । उनले ३.४ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १२ रन खर्चेर ६ विकेट लिए । उनको बलिङ इकोनोमी रेट ३.२७ रह्यो भने । २२ बल बलिङ गरेका उनले १६ बल त डट नै फाले ।

जोसेफले सनराइजर्स हैदराबादका डेभिड वार्नर, विजय शंकर, दीपक हुडा, रशिद खान, भुवनेश्वर कुमार र सिद्धार्थ कौललाई आउट गरे ।

Image may contain: 2 people, outdoor

अलजारी जोसेफले सन् २००८ मा भएको आईपीएलको पहिलो संस्करणमा सोहेल तनबिरले राजस्थान रोयल्सका लागि बनाएको रेकर्ड तोडेका छन् । पहिलो संस्करणको आईपीएलमा चेन्नई सुपर किंग्सविरुद्ध तनबिरले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

अलजारी जोसेफको शानदार बलिङसँगै मुम्बई इन्डियन्सले १३६ रनको कम योगफल तयार गरे पनि सनराइजर्स हैदराबादलाई ४० रनले हराउन सफल भयो ।

3 thoughts on “आइपीएल: डेब्युमै अल्जारी जोसेफको ६ विकेट, मुम्बईले ४० रनले हरायो हैदरावादलाई

Comments are closed.

Next Post

सात खेलअघि नै युभेन्टस उपाधि नजिक

Sun Apr 7 , 2019
इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-१ ले पराजित गरेको छ। यो जितसँगै युभेन्टस लगातार आठौं सिजन इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ। सात खेलअघि नै उपाधि नजिक पुगेको युभेन्ट्सले आइतबार राति नापोली र जेनोआ बीचको खेल नतिजा कुर्नुपर्ने छ। सो खेलमा दोस्रो स्थानको […]
Nepali Version