आईपीएल: बेंगलोरको लगातार तेस्रो हार

ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक शतक र मोहम्मद नाबीले घातक बलिङ गरेपछि आईपीएल अन्तर्गत ११ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर्स बेंगलोरलाई ११८ रनले पराजित गरेको छ ।

२३२ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९.५ ओभरमा ११३ रन बनाउन अलआउट भयो । ब्याटिङमा सातौं क्रममा आएका कोलिन डि ग्रान्डहोमबाहेक अन्य ब्याट्सम्यान निरीह देखिए । ३२ बल खेल्दासम्म पिचमा टिकेका ग्रान्डहोमले ३७ रन बनाए । आश गरिएका विराट कोहली १० बलमा ३ रन र एबीडी भिलियर्स २ बलमा १ रन बनाउँदा आउट भए ।

Image may contain: 1 person, playing a sport and outdoor

हैदराबादको जितमा बलिङमा मोहम्मद नाबीले उत्कृष्ट खेल देखाए । उनले ४ ओभरमा ११ रन मात्रै खर्चिएर ४ विकेट लिए । यस्तै सन्दीप शर्माले तीन विकेट लिए । बैंग्लोरका तीन खेलाडी रन आउट भएका थिए ।

यसअघि चेन्नई सुपर किंग्ससँगको पहिलो खेलमा ७० रनमा समेटिएर ७ विकेटले पराजित भएको बैंग्लोर दोस्रो खेलमा मुम्बई इन्डियन्ससँग १८७ रनको लक्ष्य पछ्याउँदा ६ रनले पराजित भएको थियो ।

8 thoughts on “आईपीएल: बेंगलोरको लगातार तेस्रो हार

  1. Pingback: circle of success
  2. Pingback: 바카라
  3. Pingback: Replica Store
  4. Pingback: make up tips
  5. Pingback: 카지노사이트
  6. Pingback: 사설토토
  7. Pingback: 카지노사이트

Comments are closed.

Next Post

राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै चेन्नई शीर्षस्थानमा

Mon Apr 1 , 2019
आईपीएल अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले रोमान्चक जित हात पारेको छ। चेन्नईले लगातार तेस्रो जित जित हात पर्दै शिर्ष स्थानमा उक्लिएको छ। दोस्रो खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै चेन्नई शीर्षस्थानमा उक्लिएको हो। राजस्थानलाई जितको लागि अन्तिम ओभरमा १२ रन चाहिएको थियो। तर ड्वेन ब्राभोले ३ […]
Nepali Version