अभ्यास खेलमा नेपालकाे लगातार दोस्रो जित

एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ। आज भएको खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस पद्दतिको आधारमा १७६ रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले।

उनले दिपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ९२ रनको योगदान गरे भने कप्तान पारस खड्काले २३ करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए। ब्लुमफिल्ड लाहिरु सन्जयले २ विकेट लिए ।

नेपालले दिएको ३२४ रनको लक्ष्य पक्ष्याएको घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिएको थियो। खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

ब्लुमफिल्डका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६ र १६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए । त्यस्तै ललित भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १ र १ विकेट लिन सफल भए ।

अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग आइतबार खेल्ने छ।

5 thoughts on “अभ्यास खेलमा नेपालकाे लगातार दोस्रो जित

  1. Pingback: Catering Equipment
  2. Pingback: Replica
  3. Pingback: BandarQQ
  4. Pingback: uganda

Comments are closed.

Next Post

नेपाली फुटबल टोलिको ट्रेनिङमा खेलाडीहरुलाई पहिलो पटक 'जिपिएस ट्रयाकर'

Fri Aug 24 , 2018
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिममा रहेका खेलाडीलाई ट्रयाक गर्न जिपिएस सिस्टल लागु लागेको छ। बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका खेलाडीले पहिलो पटक जिपीएस ट्रयाकर लगाएर अभ्यास गरे । अन्य देशमा यसको प्रयोग निकै अगाडि भएपनि नेपालमा भने बल्ल भित्रिएको हो । यसले खेलाडीको गति, प्रतिक्रिया लगायतका […]
Nepali Version