प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ लाई ९६ रनले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रदेश २ लाई डकवर्थ लुइस नियम अनुसार ९६ रनले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा दुई ब्याट्सम्यानले शतक प्रहार गर्दा टस जितेर ब्याटिङ रोजेको एपीएफले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रनको विशाल योगफल तयार पारेको थियो । यो योगफल प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो ।

यसअघि नेपाल पुलिस क्लबले ३२४ रनको योगफल बनाएको थियो । एपीएफको पारीलाई उकास्नका लागि सुवास खकुरेल र प्रदिप ऐरीले शतक प्रहार गरे । ओपनर सुवासले १०३ रनको योगदान दिँदा प्रदिपले विस्फोटक १५८ रनको योगदान दिए । उनले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरेका थिए ।
यस्तै पृथु बास्कोटाले पनि १४ बलमा २९ रनको आक्रामक पारी खेले भने भूवन कार्कीले १६ रन जोडे ।

एपीएफको झरेको कुल ६ विकेटमध्ये ५ विकेट दिभ्यांशु मल्लिकले लिएका थिए ।

३४० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले १६ ओभरमा बिना विकेटको क्षतिमा ६४ रन बनाएपछि मैदानमा वर्षा भएको थियो । जसका कारण खेल २८ ओभरमा झारियो भने २०२ रनको नयाँ लक्ष्य निर्धारण गरियो ।

खेल सुरु भएलगत्तै प्रदेश २ का ब्याट्सम्यान लगातार पवेलियन फर्किए । १७औं ओभरमा नै एपीएफका करण केसीले ओपनर सुरज पेटललाई ३४ रनको व्यक्तिगत स्कोरमा क्याचआट गराए भने त्यसपछि क्रिजमा आएका हसिम अन्सारीलाई डकआउट गरे । महबुव आलम २ रन बनाएर बसन्त रेग्मीको बलमा एलबीडब्ल्यू भएपछि सौरभ नागवंशी पनि शून्यमै पवेलियन फर्किए । २० औं ओभरमा हरिशंकर शाहलाई बसन्त रेग्मीले बोल्ड गरेपछि पाचौं विकृेट गुमाएको प्रदेश २ ले थप १९ रनका लागि चार विकेट खर्चिँदा १०५ रनमात्र बनाउन सक्यो ।

बलिङतर्फ एपीएफका कप्तान बसन्त रेग्मी र करण केसीले ३–३ विकेट लिए । तीन खेलबाट ३ अंक जोडेको एपीएफ सेमिफाइनलमा पुगेको छ । समूहको विजेता र उपविजेताको टुंगो लगाउनका लागि अब एपीएफले यसअघि सेमिफाइनल पुगिसकेको त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ ।

प्रदेश पाँच विजयी
मूलपानी मैदानमा भएको खेलमा प्रदेश ५ विजयी भएको छ । वर्षाले प्रभावित खेलमा प्रदेश ५ ले ३ लाई डकवर्थ लुइस नियम अनुसार ३० रनले हरायो । सुरुवाति ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।

प्रदेश ३ का लागि भुपेन्द्र थापाले सर्वाधिक ४६ रन जोडे भने अन्यको प्रदर्शन कमजोर रह्यो । बलिङतर्फ लाल अधिकारीले ४ विकेट लिँदा कृष्ण कार्की, सन्दिप सुनार र विक्रम भुषालले २–२ विकेट हात पारे ।

१५३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २०.५ ओभरमा तीन विकेट गुमाउँदै ८९ रन बनाएको थियो । तर पानी परेपछि एक बल पनि चल्न सकेन । डकवर्थ लुइस नियम अनुसार ६० रनको नयाँ लक्ष्य निर्धारण गरियो । जुन प्रदेश ५ ले पार गरिसकेको थियो ।

यो जितसँगै प्रदेश ५ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन खेलबाट उसले ५ अंक बनाएको छ ।

27 thoughts on “प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ लाई ९६ रनले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

  1. Pingback: ivermectin 6mg

Comments are closed.

Next Post

नेपाली समय अनुसार विश्वकप फुटबल खेलतालिका, अब ९ दिन मात्रै बाँकी

Tue Jun 5 , 2018
फिफा विश्वकप फुटबलको २१ औँ संस्करण यही जुन १४ देखि रसियामा सुरु हुँदैछ। विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ। रुसमा हुने विश्वकप आउन ९ दिन मात्रै बाँकी छ। रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति […]
Nepali Version